Techie IT

स्थानिय एकिकृत स्वास्थ्य कार्यक्रमको सुनिश्चितता गोष्ठी पञ्चदेवल नगरपालिकामा सुरु


स्थानिय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता गोष्ठी आज देखि पन्चदेवल विनायक नगरपालिकामा सुरु भएको छ ।

पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख अम्बिका चलाउने, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी वडा नम्बर १,३,४,५,७,८ र ९ का वडाध्यक्षहरु,वडा २ र ६का कार्यवाहक वडाध्यक्षहरु,नगरकार्यपालिकाका सदस्यहरु,नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु,पत्रकार महासँघ जिल्ला शाखा अछामका सह सचिब तपेन्द्र धामी,पहाड खबर साप्ताहिकका प्रकासक रमेश रावत ,बहुक्षेत्रिय पोषण योजना अछामका सँयोजक नर बहादुर आउजी,सुआहारा कार्यक्रमका जिल्ला सँयोजक लोकबहादुर नेपाली,सेवक नेपालका जिल्ला सँयोजक सेत बहादुर भूल,सेवक नेपालका खानेपानी तथा सरसफाई अधिकृत नवराज थापा लगायतका अतिथीहरु रहनुभएकोथियो ।

उद्घाटन कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले मानव जीवनको सर्वागिण विकासमा सबैभन्दा पहिले पोषण नै प्रमुख कुरा भएकोले पोषणमा सुधार ल्याउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत माझीले बहुक्षेत्रिय स्वास्थ्य र पोषणका क्षेत्रमा भए गरेका क्रियाकलापहरुको पुनरावलोकन गरी पोषण तथा स्वास्थ्यको विकासमा जनप्रतिनिधीहरुको भूमिका र सुनिश्चितता लगायतका विषयमा छलफलगर्ने लगायतका उद्देश्यहरुको बारेमा जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो साथै उहाँले पोषणको महत्व औचित्य,आवश्यकता,पोषण तथा स्वास्थ्य क्रियाकलापको दिगोपना,व्यवहार लगायतको बारेमा समेत २ दिने कार्यक्रममा छलफल गरिने धारणा राख्नुभयो ।

यस्तै कार्यक्रमको सहजीकरण लोक बहादुर नेपाली र नर बहादुर आउजीले पोषणको विगत र हालको स्थितीको बारेमा जानकारी गराउन्ुको साथै आगामी दिनमा कसरी पोषणको स्थितीमा सुधार ल्याउन सकिन्छ भन्ने विषयमा समेत जानकारी गराएकाथिए ।

कार्यक्रममा स्वास्थ्य शाखा विनायकका सह सँयोजक जनक बहादुर बुढाले पन्चदेवल विनायक गरपालिकाको पोषण स्थितीको बारेमा जानकारी गराउनुभयो । २ दिन सम्म चल्ने गोष्ठीमा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, पन्चदेवल विनायक नगरपासिलकाका ८ वटै स्वास्थ्य चौकीका ईन्चार्ज,नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी,पत्रकार लगायतको सहभागीता रहेको छ । उद्घाटन कार्यक्रमको सन्चालन पन्चदेवल विनायक नगरपालिका बहुक्षेत्रिय पोषण योजनाका स्वयँसेवक हँशराज अधिकारीले गर्नुभएकोथियो ।


क्याटेगोरी : समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस