कोरना बिरुद्धको तयारी ब्यापक छ : नगर प्रमुख कुँवर

साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले कोरना बिरुद्धको पुर्ब तयारी ब्यापक पारिएको बताउनु भएको छ ।

कुँवरले रेडियो बान्निगढीसंगको कुराकानिका क्रममा नगरपालिकामा कोरनाको पुर्ब तयारी तिब्र पारिएकोे बताउनुभएको हो । कोरनाका कारण भविष्यमा आईपर्ने बिभीन्न समस्यालाई मध्यनजर गर्दै बिभीन्न तयारी थालिएको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाको कार्यपालिकाको १२ औँ बैठकले कोरनालाई लक्षित गर्दै नगरपालिकाको बिपद् ब्यावस्थापन कोषमा २५ लाख रुपयाँ समेत छुट्याई सकेको बताउनुभयो ।

कुँवरले नगरपालिकामा केही थप क्वारेन्टाईन तथा आईसोलेसन वार्डको समेत ब्याबस्था गर्ने तयारी भईरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker