गुल्मिमा १ जनाको मृ,त्यु ,सं क्रमणबाट मृ,त्यु हुनेको संख्या पुग्यो २३

काठमाडौं – नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृ,त्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका(५ का ६९ वर्षीय पुरुषको मृ,त्यु भएको हो । प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारे न्टाइनमै मृ,त्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमका अनुसार मृ,त्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपो,र्ट पोजिटिभ आएको हो। ६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्र मितको संख्या ९ हजार २६ पुगेको हो।

आइतबार संक्रमण पुष्टि भएकामध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल सं,क्रमित ९०२६ मध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । कोरोनाले ज्या,न गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा २२ प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार क्वारे,न्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार मात्र ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ। जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन्।अन्नपूर्ण पोष्टबाट साभार,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker