Techie IT

२४ घण्टामा थपिए कोरोनाका ४ सय ८४ संक्रमित


पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका सं क्रमित थपिएको जानकारी दिए । बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्र मितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्।मुलुकभर ७ हजार ६ सय १३ जना सक्रिय संक्र मित छन्। विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म ९१ जनाले कोरोनाबाट ज्या न गुमाएका छन्।


क्याटेगोरी : समाज, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस