यस्तो सहमति टुंगियो ओली–दाहालको आजको वार्ता

काठमाडौँ– नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता ठोस निष्कर्ष विनै सकिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर पनि ठोस सहमति भने नभएको जानकारी दिए ।‘सालाखाला ४ घण्टा अध्यक्षद्वयबीच भएको छलफल समस्या समाधानउन्मुख भएको छ तर, अहिलै ठोस सहमति बनिसकेको छैन, छलफललाई निरन्तरता दिने समझदारी भएको छ,’ सापकोटाले भने । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजे सुरू भएको वार्ता पौने ३ बजे सकिएको थियो ।
आजको वार्तामा महाधिवशेन आयोजक कमिटी गठन गर्ने र अहिलेको केन्द्रीय कमिटी भङ्ग गर्ने लगायका विषयमा छलफल भएको ओली निकट स्रोतले जनाएको छ । महामारीका बेला पार्टीभित्र देखिएको खिचातानीले जनमानसमा गलत सन्देश गएको र पार्टी जीवनलाई नै क्षति पुर्याउने काम भएकाले समझदारीका साथ अघि बढ्न दुई अध्यक्ष एकमत भएको ओली निकट स्रोतले बताएको छ ।
असार १० सुरु भएको स्थायी कमिटी बैठक निचोड नपुग्दै बीचैमा भाँडिएपछि नेकपाभित्र गतिरोध उत्पन्न भएको छ । ओलीले प्रधानमन्त्री र अध्यष दुईमध्ये एक पद छाड्नुपर्ने दाहालको र कुनै पनि पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद चरमोत्कर्षमा छ । तत्कालै दुबै पद छाड्नुभन्दा चाँडो महाधिवेशन गर्नु उपयुक्त हुने ठानेका ओलीले पछिल्ला छलफलमा नेकपा विवादलाई महाधिवेशनतिर केन्द्रित गराएका छन् ।
क्याटेगोरी : समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस