अछाममा थप २२ जनामा कोरोना पुष्टि

सोमबार अछाम जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १६ जना पुरुषगरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार सोमबार संक्रमण देखिनेमा मंगलसेन नगरपालिकाका ५ महिला १३ पुरुष गरी १८ जना, कमलबजार नगरपालिकाका २ जना पुरुष रहेका छन् ।

यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका १ महिला र तुर्माखाँद गाँउपालिका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताउनुभयो ।

यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker