Techie IT

सरस्वती मावि जयगढका ५८ जना शिक्षक तथा विद्यार्थीलाई कोरोनाको खोप लगाइयो


सरस्वती मावि जयगढमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

कक्षा १२ को परीक्षालाई मध्यनजर गद विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको हो । शुक्रवार सरस्वती माद्यामिक विद्यालय जयगढमा ३२ जना विद्यार्थी २६ जना शिक्षकहरूलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको पहिलो डोज लगाइएको विद्यालयले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउँदा विद्यार्थी भने खुसी भएका छन् ।

विद्यार्थीलाई खोप दिएपछि मात्रै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । सरस्वती मावि जयगढका शिक्षक रतन साउँदले सबै विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप दिइसके पश्चात् परीक्षा सञ्चालन गर्ने बताउनु भएको छ ।


क्याटेगोरी : समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस