प्रियंका चोपडाको भारतीय प्रधानमन्त्री बन्ने इच्छा

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनसका साथ विवाह गरेसँगै हरेक दिन कुनै न कुनै कुराका कारण खबरमा छाइरहेकी हुन्छिन् ।
सामाजिक सञ्जालमा उनले शेयर गरेका तस्बिर तथा उनले कुनै अन्तर्वार्तामा गरेको कुराकानी पनि चर्चामा आउने गरेको छ ।
मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वर्ल्डको ताज जितेर बलिउडकी स्थापित अभिनेतृ प्रियंकाले आफूलाई त्यहाँसम्म मात्रै सीमित राखिनन् । बलिउडमा स्थापित अभिनेत्रीको रुपमा लाखौं दर्शकको मन जितेकी प्रियंकाले एकाएक हलिउडमा पाइला टेकिन् ।
त्यतिबेला धेरैले प्रियंकाको हलिउड जाने निर्णय गलत हुने अनुमान गरेका थिए । तर प्रियंकाले त्यो अनुमानलाई गलत सावित गर्दै हलिउडमा पनि सफलता हासिल गरिन् । हलिउड उद्योगमा आफ्नो स्थान बनाउँदै उनी संसार भरका दर्शकको ध्यान आकर्षित गर्न सफल भइन । हलिउड मार्फत ‘ग्लोबल आइकन’ बनिसकेकी प्रियंका चोपडाले अब राजनीतिक यात्रा पनि सुरु गर्न चाहेको बताएकी छिन् ।
प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन् । उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएकी छिन् । यति मात्रै होइन प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताएकी छिन् । तर प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन् ।
प्रियंका चोपडा अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ फिल्म ‘स्काइ इज पिंक’ मार्फत बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । साथै उनी हलिउडका केही प्रोजेक्टमा समेत व्यस्त छिन् ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस