Techie IT

जनक साउद र लक्ष्मी खत्रीको सुमधुर आवाजमा डेउडा ठाडी भाका”भाग्य’सार्वजनिक(भिडियो)


काठमाडौं –
नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित लोकप्रिय डेउडा गायक तथा हास्यकलाकार जनक साउद”अछामी माग्ने बुढा र नव गायिका लक्ष्मी खत्रीको सुमधुर स्वरमा डेउडा ठाडी भाका:भाग्य” धुन नेपालको युटूबबाट सार्वजनिक भएको छ । पछिल्लो समय नेपालि गीतसंगीत धरापमा परेको बेला गायक जनक साउदले मौलिक डेउडा ठाडी भाका बजारमा ल्याएका छन् । सुदूरपश्चिममा पनि मौलिक सृजना मारेका छन् । सोहि मौलिक सृजनालाई मध्या नजर गर्दै गायक जनकले यस पटक पनि मौलिक गित बजारमा प्रस्तुत गरेका छन् ।

प्रत्येक नेपालीको जीवनमा मेल खाने यो गीतले आशा छ बजार राम्रै लिने छ । यसै गीतसंगीतको बिषयमा गायक जनक साउद भन्नुहुन्छ –“म एउटा सुदुर पस्चिम मा जन्मेको सुदुर को छोरो हु । म देउडा ठाडी भाका गाउने बाबा आमाको पेट बाट जन्मेको मान्छे हु।मेरो नसा नसा सु पको माया र सस्कृती बगेको छ।हाम्रा पुराना सस्कृती लोप हुने सङ्कट मा छ्न।(जसमध्ये ठाडी भाका) समग्र सु प को कलासस्कृती जगेर्ना गर्नमा म जस्ता कला साहित्य मा लागे का युवा को आबस्यक्ता छ। यो मेरो लोप हुन लागेको ठाडी भाका अब कस्ले आएर गाई दिने?मलाई चिन्ता को विषय बने को छ।”
यो ठडी भाका गाउदै गर्दा मलाई कुनै ठुलै गाएक बनुला चर्चित हुला पैसा कमाउला भने उदेश्य छैन । यति मात्र हो कि हाम्रो सस्कृती जगेर्ना गर्न मा मेरो पनि भुमिका देखाउन खोजे को हो र दायित्व पनि हो।”

गायक जनक साउद र लक्ष्मी खत्री सुमधुर आवाजमा रहेको गीतको लय गायक स्वयमको रहेको छ भने नेत्र राज शाहीले उत्कृष्ट शब्द सृजना गरेका छन् । यस म्युजिक भिडियोलाई निर्देशन तथा परिकल्पना डी.आर.सुजनले गर्नुभएको छ भने छायाकन भने जितु तामाङले गर्नु भएको यस म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने चक्र साउद आर.सी.,सम्झना तामाङ,बम साहुद र सुरेन्द्र घतानेले दमदार अभिनय गर्नु भएको छ ।
हेरौ यो भिडियो:


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, मुख्य समाचार, मोडल वाच, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस