सुदूरपश्चिममा ‘चेली त्यार’ शुरु : उत्तरायणीमा जयगढमा महिलाद्धारा न्याउले प्रर्दशन ( भिडियो )

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरु भएको छ ।
विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात च्यालत्यार भन्ने गर्दछन । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ दिने चलन रहेको छ ।
आफनो माइती नभएका अर्थात आमाबुबा, दाइ, भाउजू नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर खिन्न हुने गर्दछन । सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको छ । छोरी धनी होस वा गरीब, नजिक होस वा टाढा त्यार अनिवार्य दिनैपर्ने चलन यहाँका पहाडी जिल्लामा रहेको छ । य
सै बिच मकर सँक्रान्ति सकिए सँगै बिहिवार अछाम जिल्लाका बिभिन्न ठाउँमा महिलारुले उत्तरायणीको अवशरमा न्याउले खेल लगाउदै सुख दुःख साटासाट गरेका छन । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा सामुहिक रुपमा जम्मा भएर महिलाहरुले न्याउले खेल मार्फत दुःख सुख साटासाट गरेका हुन ।
हेरौ यो भिडियो :
क्याटेगोरी : गीत संगीत, प्रदेश, मुख्य समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस