नायीका प्रियंका र आँचले को सँग कस्दैछन लगन गाँठो

नायिका प्रियंका कार्की र आँचल शर्माले यहि फागुन महिनामा बिहे गर्ने भएका छन ।

उनीहरु दुवैको बिहेको मिति समेत तय भएको छ । प्रियंकाले फागुन १५ गते विवाह गर्न लागेको बारे आफ्नो ईन्ष्टाग्राममा तस्वीर शेयर गर्दै सवैमा जानकारी गराएकी छिन् ।

प्रियंकाले नायक तथा मोडल आयुष्मान देशराजसँग विवाह गर्न लागेकि हुन । उनीहरु लामो समयदेखि प्रेममा रहेका छन् ।

प्रियंका र आयुष्मानले एक बर्ष अगाडिनै ईङगेजमेन्ट गरीसकेका छन् भने केही समय अगाडि नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी समेत मनाएकी थिइन् ।

नायिका प्रियंका कार्की पहिलो विवाह असफल भएपछि सम्बन्ध बिच्छेद गरेर चलचित्र तथा म्युजिक भिडीयोमा जमी रहेकी छन ।
यस्तै अर्की नायिका आँचल शर्माको पनि फागुन २९ मा विवाह पक्का भएको छ । डाक्टर उदिप श्रेष्ठ संग उनी विवाह बन्धनमा बाधीने पक्का भएको हो ।

आँचल उदीपसँग केही समयअघिदेखि प्रेममा छिन् । नायिका आाचल म्युजिक भिडीयो तथा चलचित्रमा निकै व्यस्त मानीन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker