देबेन्द्र कुँवरको निर्देशनमा रहेको यस वर्षको तिज गित”विधुवा”युटुब ट्रेडिङ १ मा(भिडियो)

काठमाडौं :पछिल्लो समय सबैको मन मुटुमा बसेकी बाल गायिका आयुसा गौतमले आवाज दिएको फेरी अर्को नया तीज गीत बजारमा आएको छ । गीतमा चर्चित गायिका गीता देबी र चर्चित गायक हेमन्त रसाइली कान्छाले आयुसा गौतमलाई आवाजमा साथ् दिएका छन ।”फुली नाकैमा”को सफलतासंगै आयुसा गौतमको यो अर्को उत्कृष्ट गीत हो । लाईभ दोहोरि गीतबाट सार्वाधिक चर्चामा आएकी बाल गायिका गौतम यति बेला भने लाखौ नेपालिहरुलाई धरधरी रुवाएकी छन् । तिन महिना पहिले मात्रै आयुषा गौतमको पहिलो गित”फुली नाकैमा”पनि उत्तिकै चर्चामा आएको थियो । समाजमा घटेका यथार्थ घटनालाई बाहिर ल्याएका छन् । सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन ।

कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफीसंगै निर्देशन पनि गरिसकेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका कुवर यतिबेला सिखर चुम्ने क्रममा छन् । भखरै मात्र S3K Entertainment को प्रस्तुतिमा बजारमा आएको आयुषा गौतम,गिता देवि र हेमन्त कान्छा रसाईलिको स्वरमा रहेको “बिधुवा”गीतले चर्चा कमाउदै गएको छ । गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन । हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो। सो गित निर्देशन देबेन्द्र कुँवरले नै गर्नु भएको थियो । यतिबेला आयुषा गौतमको स्वरमा रहेको पहिलो तिज गित सार्वजनिक छोटो समयमा युटुब ट्रेडिङ १ मा आएको छ । कुवरले निर्देशन गरेका म्युजिक भिडियो मध्ये यति छोटो समयमा नै चर्चा कमाउन सफल यो पहिलो म्युजिक भिडियो हो ।

शम्भु चालिसेले छायांकन गरेको भिडियो भित्र चर्चित कलाकारहरु सुरबीर पण्डित ,राम चन्द्र अधिकारी,लक्ष्मी गिरी,चक्र साउद आर सी ,आयुसा गौतम र गीत देबिको रहेको छ भने यो गीतको म्युजिक भिडियो सम्पादन भने सुजन शाहीले गर्नु भएको छ । गीतमा सासु बुहारीको कहानी संगै एक बिधुवा नारीको बास्तबिक कथा जोडिएको छ।तीजको नाम दिएर बजारमा आएको गीतको पूर्ण सफलताको शुभकामना छ । भिडियो हेरौ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker