Techie IT

कोरोनाको त्रास ! विभेदपूर्ण व्यवहार नगर्न महानायक राजेश हमालको अनुरोध (भिडियो)


काठमाडौँ । महानायक राजेश हमालको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ । कोरोना भाइरसको सन्त्रासकाबीच स्वदेश फिर्ता भएका नेपालीहरुको संख्या बढीरहेका बेला महानायक हमालले एक भिडियो जारी गर्दै घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेको उक्त भिडियोले चर्चा पाएको हो । भिडियोमा महानायक हमालले स्वदेश फिर्ता भएका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न अनुरोध गर्दै उनले दुई हात जोडी नमस्ते गर्न अनुरोध गरेका छन् ।

भिडियोमा उनले भनेका “ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसालने मनमा आउँछ कुरा, एकताद्धारा मात्र हुनेछ सो सपना पूरा ” । युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा सञ्चालनमा रहेको हाम्रो नमस्ते अभियानका सद्भावना दूत महानायक राजेश हमालको यो आह्वानबाट नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना संचार गर्न मद्दत पुग्ने विश्वास समेत गरिएको छ ।


क्याटेगोरी : गीत संगीत, जीवन शैली, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस