तिज गित”चेलीको बेदना”मा अटाएकि पुजा स्वर,हेर्नुहोस(भिडियो)

काठमाडौं – गायिका सर्मिला कडेलको स्वरमा तिज गित”चेलीको बेदना” गित सार्वजनिक हुने भएको छ । आउदै गरेको हरितालिका तिजको शुभकामना सहित “चेलीको बेदना” बोलको उक्त गितको म्युजिक भिडियो S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो ।

S3K Entertainment को प्रस्तुति “चेलीको बेदना” तिज गीतमा शर्मिला कडेलको स्वर रहेको छ। रोशन कुताल क्षेत्री र शर्मिला कडेलको सयुक्त शब्द संकलन रहेको यस गितमा लय रोशन कुताल क्षेत्रीको रहेको छ। शर्मिला कडेल बिगत लामो समय देखि नेपालि गीतसंगीतमा होमिएकी एक कलाकार हुन् । कडेल लाईभ दोहोरि गाउँन पनि उत्तिकै माहिर छन् । कडेलका स्वरमा बिगतमा आएका प्रस्तुति त् छदै छन् तर यो अझै उत्कृष्ट बनेको छ ।

यसै सन्दर्भमा गायिका कडेल थप्नुहुन्छ -“समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि नारीहरूलाई हेर्ने दृष्टिकोण खासै बदलिएको छैन । पहिलेको तुलनामा केही समानता त छ तर पनि न्यायोचितरूपमा कार्यनीति नै बनेको छैन हामि नारीको हकमा । हाम्रो सामाजिक तत्वले नै हाम्रो सामाजिक सोचलाई विकास गरिरहेको हुन्छ, त्यसैले महिला हिंसा न्युनिकरण गर्दै अन्त्य गर्न घर परिवार हुदै समाज लगायत राज्य संचालनको हरेक तहमा रहेको व्यक्तिको सोचमा परिवर्तन गर्न सक्ने वातावरण विकास गर्न सक्नु पर्दछ । धनि गरिव बीच समानता होला , वर्गिय विभेत घटे पनि महिला हिंसा घट्ने वाला छैन । पुर्खौ देखि विरासतमा आएको पितृसत्तात्मक संकार, अन्धबिस्वासी परम्परा, रुढिबादी संस्कृतिबाट चापिदै आएको हाम्रो समाज अझ विशेष त महिला नै ति चल्दै आएका मुल्य मान्यताबाट बाहिर निस्कनै अफ्ठेरो परिस्थिति रहेको छ । यस्ता कुराको चिरफार गर्न जरुरि छ । यो गीतमा भनीए एउटा नारीको बेदना हैन । यो लाखौ नारीको जिबनमा मेल खान्छ ।”

उक्त गितको म्युजिक भिडियोमा सिरु बिष्ट,मधुर बस्नेत,हेम प्रसाद भट्ट,देबेन्द्र भण्डारी,पुजा स्वार र पदम भण्डारी सहित बालकलाकार सायन आचार्य,सुबिधा कडेल स्वाति चालिसे र सक्षम चालिसेको अभिनय रहेको छ । पुजा स्वर पनि नेपालि गीतसंगीतमा फट्को मार्दै गरेको एक नव मोडल पनि हुन् । पुजा स्वरले केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

गितको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुवरले गरेका हुन् भने छायाकंन सम्भु चालिसेले गरेका हुन् । हेमन्त शिशिरले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन सुजन शाहीले गरेका हुन् ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker