हरेक बिधाका गितहरुमा संगित संयोजन गर्न माहिर केशब बडुको अर्को संगीत संयोजनमा”ओए गाजल”सार्वजनिक

दु:ख गर्न कन्जुस्याइँ नगर्ने,मिलनसार,छिटो छरितो ज्यान,साधारण लवाई र हँसिलो,मिजासिलो मुहार भएका बडू गीतसंगीत भने पछि हुरुक्क हुन्छन !

अछाम – नेपालि गीतसंगीतमा केहि नयाँ,नौलोपन खोज्ने र फरक धारका संगीत संयोजन गर्न सिपालु बडू यती बेला सवैका मुखमा झुण्डिएका छन् । बडुका हरेक संगित संयोजन गर्दा कहीं केहि नयाँपन भने ल्याएकै हुन्छन । गरेका काम सवै सफल हुन्छन भन्ने पनि हैन तर कडा मेहनत र नियमितता काममा दिने हो भने सफलता हात पार्न सकिन्छ जसका जलान्त उदाहरण केशब बडुलाई दिदा फरक पर्दैन होला । बिगत संघर्षका दिन देखि अहिलेसम्म उहालाई निहालेर हेर्ने हो भने पनि अझै उही रफ्तारमा दौडि रहेका छन् । नितान्त नयाँ काम गर्न जागरुक हुनुहुन्छ तर भन्दा भन्नुहुन्छ अझ म सफल हैन काम सिक्दै छु । गीतसंगीत भने पछि हुरुक्क हुने बडुले  हजारौं गितको संगित संयोजन गरिसकेका छन् ।

दु:ख गर्न कन्जुस्याइँ नगर्ने,मिलनसार,छिटो छरितो ज्यान, साधारण लवाइ र हँसिलो,मिजासिलो मुहार भएका बडू पछिल्लो समय निकै नै बेस्त छन् । बडू संगीत संयोजम मात्रै नभएर गित गाउँ पनि उत्तिकै माहिर नै छन् । संगीत संयोजनमा आफ्नो परिचय बनाउन सफल उनी अहिले विभिन्न गीतसंगीतमा उत्तिकै संगीत संयोजन गर्न जीवन व्यतित गरिरहेका छन् । केही सफलताका सिँढीहरूमा चढ्दै गर्दाका सायद केशब बडू यहाँसम्म आउनु, यतिका सफलता पाउनु र यो जुन खालको चर्चा र लोकप्रियता छ त्यो बडुको विगतको काम र वर्तमानको काम नै हो भन्दा फरक पर्दैन होला ।’

यसै सन्दर्भमा तत्कालै मात्र बजारमा आएको पछिल्लो समय थुप्रै दर्शक र श्रोताका मन मुटुमा बसेका चक्र बमको बिलकुलै नौलो प्रस्तुति गायक स्वयमको शब्द ,संगित तथा स्वर रहेको गित”गाजल”गितको संगीत संयोजन पनि केशब बडू कै रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चक्र बम र पछिल्लो समय सामाजिक सन्जालमा निकै नै भाईरल भएको टिकटक स्टार गीता ढुङ्गानाको अभिनय रहेको छ । गिता ढुंगाना टिकटकमा निकै नै भाईरल बनेकी छन् । हरेक गीतमा टिकटकमा अभिनय गरेर सार्वजनिक गरेसंगै उनीप्रति सवैको आखा परेको हो । ढुंगानाका हरेक टिकटक भिडियो निकै नै लोभलाग्दा र प्रिय छन् । प्रकाश खडकाले छायाकन गरेका हुन् भने मिलन विश्वक्रमाले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker