कमल बिसी माईल्दाई र प्रतीक्षा वाग्लेको स्वरमा’लुती”सार्वजनिक भएसँगै चुलियो चर्चा

धनराज साउद – काठमाडौँ, तिज आउन महिना दिन रहदा पनि नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ तिजका भाकाहरुको प्रतिस्पर्धी बजारमा नयाँ कमेडी तिज गित‘लुति’गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत केहि वर्ष देखि नेपालि गीतसंगीतमा उत्तिकै सक्रिय छन् कमल बिसी माईल्दाई । यसभन्दा अगाडी आएका गीतसंगीत पनि उत्तिकै चर्चित रहेका छन् ।
हरिमाया रायमाझीको शब्द तथा बिशाल रायमाझीको संगीतको रहेको गीतमा कमल बिसी माईल्दाई र प्रतीक्षा वाग्लेको स्वर रहेको छ । राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोमा पछिल्लो युवा पुस्ताकी ढुकढुकी चर्चित मोडल एलिना रायमाझी , यादव देवकोटा ‘सरापे’,रोहित वानिया लगायत कलाकारहरुको अभिनय गरेका छन् । म्युजिक भिडियो सागर गौतमले छायाकन गरेका हुन् भने राजकुमार मगरले सम्पादन गरेका हुन् ।
माइती र चेलीको प्रगाढ माया झल्किने र तिजको गित सभ्य हुनु पर्ने मा एक दुई महिना अघि देखि नै बिकृति सहित बजारमा सार्वजनिक भएका गीतलाई यो गीतले गतिलो झट्का हानेको छ । बास्तबिक तिज गित भन्ने हो भने संदेशमुलक र मौलिक तिज गित लाई प्राथमिकता दिने खालका गीतले दर्शक श्रोताको मन सजिलै जित्नेमा ढुक्क छ । यो म्युजिक भिडियो Bishal Rayamajhi को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।