देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियो”विधुवा”को चर्चा सेलाउन नपाउदै”वचनैले नघोच”गित सार्वजनिक

हेमन्त कान्छा रसाईलिको उत्कृष्ट संगितमा भाईरल गायिका टिका सानु मुना मगरको पहिलो गित”बचनैले नघोच”

काठमाडौं :पछिल्लो समय सबैको मन मुटुमा बसेकी लाईभ गायिका मुना मगरले आवाज दिएको फेरी अर्को नया तीज गीत्”वचनैले नघोच”भनेर बजारमा आएको छ । गीतमा पछिल्लो समय लाईभ दोहोरीमा निकै नै लोकप्रिय गायिका टिका सानु र चर्चित गायक हेमन्त रसाइली कान्छाले मुना मगरलाई आवाजमा साथ् दिएका छन ।”बचनैले नाघोच”सफलताको सिखर चुमेर यो अर्को उत्कृष्ट गीत बन्ने छ । लाईभ दोहोरि गीतबाट सार्वाधिक चर्चामा आएकी लाईभ दोहोरि गायिका मगर यतिबेला सबैको मुटुमा बसेकी छन् । यो गीत वास्तविक नै मुना मगरको जीवनमा मेल खाएको छ । सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन ।

कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफीसंगै निर्देशन पनि गरिसकेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका कुवर यतिबेला सिखर चुम्ने क्रममा छन् । भखरै मात्र S3K Entertainment को प्रस्तुतिमा बजारमा आएको आयुषा गौतम,गिता देवि र हेमन्त कान्छा रसाईलिको स्वरमा रहेको “बिधुवा”गीतले चर्चा कमाउदै गएको छ । गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन । हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो। सो गित निर्देशन देबेन्द्र कुँवरले नै गर्नु भएको थियो । यो गीत पनि सोहि टिमले नै गरेको हों ।

प्रकाश खडकाले छायांकन गरेको भिडियो भित्र  सवैका मन मुटुमा बसेका निकै नै लोकप्रिय  हास्यकलाकार राजु मास्टर,अनिता बस्नेत”मास्टरनी” र चक्र साउद आर सीको रहेको छ भने यो गीतको म्युजिक भिडियो सम्पादन भने राजेश कुमारले गर्नु भएको छ । तीजको नाम दिएर बजारमा आएको गीतको पूर्ण सफलताको शुभकामना छ । भिडियो हेरौ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker