प्रवासमा रहेर दर्जनौ भन्दा बढी गितमा शब्द कोरिसकेका शतिष अधिकारीको शब्द सृजनामा अर्को गित”बचनैले नघोच”सार्वजनिक

"हल्का रमाईलो"का चर्चित हास्यकलाकार राजु पौडेल ,मास्टर र अनिता बस्नेत मास्टरनि र साथमा चक्र साउद आर,सिको अभिनय रहेको छ ।

काठमाडौं,२८ असार । नेपाली सांगीतिक आकाशमा एक फरक पहिचान बोकी आफुलाई परिचित गराउन सफल छन् सर्जक सतिष अधिकारि । गीत सङ्गीतलाई माया गर्ने मान्छेले आफू जे जस्तो स्थितीमा भए पनि सांगीतिक कर्म छाड्दैन भन्ने उदहारण पेश गरेका छन् अमेरिकामा वस्दै आएका गीतकार अधिकारीले ।

विगत १२ बर्षदेखि स-परिवार अमेरिका वस्दै आएका अधिकारीले नेपाली कला सस्कृतिको जगेर्ना गरीरहेका छन । पछिल्लो समय अमेरिकामा बसेकै बेला दर्जन भन्दा बढी गितमा शब्द कोरेर दर्शन स्रोताको मन जितेपछि उनी अहिले दङग छन । बिदेशी भुमिमा मात्रृभूमि र सस्कृतिप्रतिको माया झन प्रगाढ भएको अनुभव सुनाउछन । प्रवासमा रहेर दर्जन भन्दा बढी गीत लेखीसकेका अधिकारीले केहि महिना अगाडी अधिकारि कै परिकल्पनामा बाल गायिका आयुषा गौतम र लोकप्रिय गायक राजु परियारको स्वरमा”फुली नाकैमा”गीता बजारमा आएको थियो । त्यस पछिका दिनमा झन् चर्चा चुलिएसँगै गएको दुई हप्ता पहिले बजारमा आएको आयुषा गौतम ,गीता देबी र हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको गित”विधुवा”ले पनि उत्तिकै चर्चा कमाएको थियो । सो गितमा पनि अधिकारीको परिकल्पना रहेको थियो भने अधिकारीकै शब्द सृजना रहेको थियो । भर्खरै मात्र अधिकारीको शब्द तथा परिकल्पना भित्र”बचनैले नघोच”गीतको भिडियो बजारमा ल्याएका छन ।

गितमा भाईरल गायिका मुना मगर,टिका सानु र हेमन्त रसाईलीको सुमधुर आवाज रहेको छ । पछिल्लो समयकी निकै भाईरल गायिका टिका सानुको चर्चा एतिबेला बजारमा कति छ भनेर यतिबेला यहाँ ब्याख्य गर्नै पर्दैन।उनका एतिबेला बजारमा लगातार रुपमा एक पछि अर्को गीत आई रहेका छन। रसाईलिको संगित रहेको म्युजिक भिडियोलाई देबेन्द्र कुवरले निर्देशन गरेका हुन् । प्रकाश खडकाले छायाकन गरेको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा”हल्का रमाईलो”का चर्चित हास्यकलाकार राजु पौडेल ,मास्टर र अनिता बस्नेत मास्टरनि र साथमा चक्र साउद आर,सिको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker