राजु ढकालको आफ्नै जिबन काहानि”दुई बिसेले छोए”पछिको पिडा पोख्दै…

काठमाडौँ । विशेष गरि आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ । पछिल्लो समय लोक संगीतका विभिन्न गीत र तिज गीतमा समेत मौलिकताहिन शब्द साथै भिडियोमा पनि छाडा पहिरन देखाएको बेला तिज आउन महिना दिन अगाडीबाट नै पनि नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक भैसकेका छन् ।

पश्चिमा संस्कृतिको प्रभाव र अत्याधुनिक प्रविधिका कारण पहिलेको परम्परा लोप हुँदै गइरहेको बेला माइती र चेलीको प्रगाढ माया झल्किने र तिजको गित सभ्य हुनु पर्ने कुरालाई मध्यअन्दाज गर्दै नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजको शुभकामना सहित लोक गायिका देबी घर्ति मगर र पशुपति शर्मा र राजु ढकालको स्वर तथा पशुपति शर्माको शब्द तथा सगितामा सन्देशमुलक मौलिक ठट्यौली तिज गित”दुई बिसेले छोयो”सार्वजनिक भएको छ । साथमा रविन लामिछाने, प्रकाश पराजुली, रुपा सिञ्जाली मगर र प्रेमा रानामगरको कोरस स्वर मिसाएका छन् । गितमा बुढ्यौली र जवानीका कुराको चित्रण गरिएका छन् ।

डोलराज बाह्रघरे मगरले संगीत संयोजन गरेको गीतलाई सुमन रानाले रेकर्ड गरेको हुन् भने कुमार रानाले मिक्सिङ गरेका हुन् । पशुपति शर्मा र देवी घर्तिमगरका हरेक गित उत्तिकै उत्कृष्ट र कालजयी नै रहेका छन् । दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेको गीतका कोरियोग्राफ रिता तामाङले गरेका हुन् । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा गायक स्वयमको अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियो Devi Gharti Magarको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेको छ । लौरी हरायो भाग ३ भन्दै ल्याएको यो गीत पनि लौरी हरायो, छाता हरायो जस्तै लोकप्रिय हुनेछ हाम्रो शुभकामना ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker