शोभा थापा र मनोज सिङ धामीको स्वरमा तिज गित”सितारा टलल”सार्वजनिक

काठमाडौं । बिशेष फिल्मसको प्रस्तुतिमा हरितालिका तिजको शुभकामना सहित गित“सीतारा टलल” गितको भिडियो सार्वजनिक भएको छ । शोभा थापा र मनोज सिङ्ग धामीको स्वर रहेको छ भने लय तथा शब्द मनोज सिङ्ग धामीको नै रहेको छ । गायिका शोभा थापाको पनि आफ्नै पहिचान रहेको छ । डेउडा गीतसंगीतमा लामो समय देखि नै लागिरहेकी गायिका हुन् । गायिका थापा चर्चासंगै एक सफल गायिका पनि हुन् । यस गीतमा विजय थापाको संगीत संयोजन रहेको गीतमा म्युजिक भिडियो छायाकन सुरेश श्रेष्ठको रहेको छ भने प्रकाश धमलाले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेका हरेक म्युजिक भिडियोमा पछिलो समय लेपाली गीतसंगीतमा एक पछी अर्को सफलता चुम्दै गरेको मोडल रबिना भण्डारी र उदयमान मोडल समुन्द्र पौडेलको अभिनय रहेको छ ।युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेको नाम हो समुन्द्र पौडेल । दैनिक हजारौ मानिसहरु आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन् त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलार्इ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेका नब मोडल समुद्र पौडेल यतिबेला निकै नै लागि रहेका छन् ।
पौडेलको यो पेशा नभएर एका तिर रहरको बिषय पनि हो । अभिनय गरेको पौडेलको यो पहिलो म्युजिक भिडियो हो । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस