साँगितिक क्षेत्रमा फट्को मार्दै ऋचा थापा र सज्जन धामी,“औंसी रातैमा”गित सार्वजनिक भएसंगै फेरी चर्चा

काठमाडौं-सुदुर पश्चिमको अछाम जिलामा मध्यम परिवारमा जन्मिएका कमल बिसी आज भन्दा करिब पाच / छ वर्ष पहिलाबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा लागिपरेका गायक,सर्जक पछिल्लो समय निकै नै बेस्त कलाकारको रुपमा लिन सकिन्छ । समय र परिस्थितिसँग संघर्ष गर्दै बिगत भन्दा आजभोली झन् गीत सङ्गीतमा सक्रिय देखिँदै आएका छन् । नेपाली गीतसंगीत क्षेत्रमा नौलो नाम भने होइन, सज्जन धामी ।

”हिरो जस्तै बनेर”गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका धामीका दर्जनौं गीत चर्चित छन् । गीतसंगीतमै लामो समय खर्चिएर अलिक फराकिलो लोकप्रियता कमाईसकेका छन् । हिजो जे जस्तो संघर्ष गरेता पनि त्यो मेहनतले नै हिजो जे जस्तो संघर्ष गरेता पनि त्यो मेहनतले नै आफूलाई अगाडी बढ्न सिकाएको उनको भनाई छ । जीवन्त कलाकार बन्नुपर्छ भन्ने सोच राख्ने धामी गीतसंगीत क्षेत्रमा निरन्तर लागेका छन् । यहिँ सांगीतिक क्षेत्रबाट नै गतिलो परिचय बनाएका छन् । धामीका हरेक गित उत्तिकै चर्चित रकेहि गीत लोकप्रिय छन् ।

सांगीतिक बजार तिज गीतको माहोलमा डुबेको बेला गायक सज्जन धामीको नयाँ गीत“औंसी रातैमा”सार्वजनिक भएको छ । सज्जन धामीको शब्द तथा संगीतमा रहेको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ । भिडियोमा मोडल रिचा थापा, मिलन रोकाय, हरि थापा र सज्जन धामी फिचर्ड छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काको छायांकन रहेको छ भने मिलन बिश्वकर्माले सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियो सज्जन धामीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker