स्मृति तिमिल्सिनाले लगाईन शेरबहादुर डिसिलाई पैसा चोरेको आरोप

काठमाडौं । हिन्दु महिलाहरुको हरितालिका तिजको शुभकामना सहित तीज पर्व नजिक आउँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँनयाँ गीतहरु आइरहेका छन् । यसै सन्दर्भमा गुरुआमा फिल्मसको प्रस्तुतिमा स्मृति तिमिल्सिनाको यस बर्षको तीज गीत दिदि भाई ४ (झोला लुकाउछन) सार्वजानिक भएको छ । बिगत वर्ष देखि निरन्तर हरितालिकाको तिजको अवसर पारेर खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाज बजारमा ल्याउने गरेका छन् । पहिलो गित दिदि भाई ल्याए पछी सो गितले चर्चा पाए पछी खुमन अधिकारि र स्मृति तिमिल्सिनाको सहकार्यमा निरन्तर ल्याएका हुन् ।

खुमन अधिकारिको लय तथा शब्द सृजनामा रहेको गीतको निर्देशन गुरुआमा आफैले गरेकी हुन् । म्युजिक भिडियोमा चर्चित हास्यकलाकार किरण के सी (राता मकै),अन्जु श्रेष्ठ हात्ती,खुमन अधिकारी,स्मृति तिमिल्सिना, शेर बहदुर डि सी र अश्मिता पुरीको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको म्युजिक भिडियो सम्पादन प्रकाश धमलाको रहेको छ । उक्त गीतको भिडियो गुरुआमा फिल्मस प्रा लीको युटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker