”विधुवा”बचनैले नघोच”गीतको अपार सफलता पछी सतिश अधिकारीको शब्द तथा परिकल्पनामा”माईत जान मन छ”सार्वजनिक

काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । आउदै गरेको हरितालिका तिजको शुभकामना सहित बिशेष फिल्मसको प्रस्तुतीमा विजय थापाको संगीत संयोजन तथा मिक्सिङ देउडा गायिका शोभा थापा र हेमन्त कान्छा रसाईलीको स्वरमा”माईत जान मन छ”सार्वजनिक भएको छ ।
दर्जनौ गीतमा शब्द सृजना गरिसकेका प्रवासमा रहेर पनि नेपालि गित संगीतलाई माया गर्ने सतिश अधिकारीको शब्द तथा परिकल्पनामा तयार भएको गीतको संगीत हेमन्त कान्छा रसाइलीले गरेका हुन् भने म्युजिक भिडियो विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका हास्याकलाकार शिवहरी पौडेल,निरु खडका र मिश्री थापाको अभिनय रहेको छ । म्युजिक भिडियोमा श्रमती श्रमान बिचको घर दन्न्द पारिबारिक कुरा समाबेश गरिएको म्युजिक भिडियोमा सामाजमा हुने गरेका जलन्त घटना चित्रण गरिएको छ ।
मुजिक भिडियोलाई निर्देशक देबेन्द्र कँवरले निर्देशन गरेका छन भने महेन्द्र निरौलाको कोरियोग्राफ रहेको छ । बासु बरालको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने शिलन लम्सालले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।
क्याटेगोरी : गीत संगीत, मोडल वाच


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस