दुर्गेश थापाको बिबाद सेलाउन नपाउदै गितमा बिकृति ल्यायो भन्दै कमल बिसी र शर्मिला रायमाझी तानिय बिबादमा

पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै विभिन्न गीतहरु बजारमा आइरहेका छन् । यसैबीच तीजलाई लक्षित गर्दै एसथ्रीके इन्टरटेन्मेन्टले तीज ब्याटल सार्वजनिक गरेको छ । आजभोली नेपालि गीतसंगीत मनोरन्जन भन्दा बढी ब्यापार मुखी भएका छन् । केहि गीतसंगीतले नेपालि समाजमा बिकृति ल्याएका छन् यसमा दुई मत छैन । गीतसंगीतको अर्को पाटो गीतको शिर्षक नै भल्गर अथवा दोहोरो अर्थ लाग्ने टाईपका राख्ने गरेका छन ।
यसै सन्दर्भमा आज मात्रै सार्बजनिक भएको”बोको”नामक गितको फोटो कभर बजारमा आउदा कलाकार माथि केहि दर्शक स्रोता खनिएका थिए । दुर्गेश थापा,ज्योति मगर र प्रिती आले मात्रै हैन कमल बिसी माईल्दाई पनि बिबादमा मुछिएका छन् । गितसंगीत चोरी र सवै समाजमा अपाच्या गित बजारमा आउँन थाले पछी दर्शक स्रोता तातिनु पनि एक गीतसंगीतको लागि सकारात्मक पाटो हो ।
केशब बडुको संगीत संयोजनमा तयार भएको “बोको” बोलको तीज ब्याटल कमल विसी माल्दाइ र शर्मीला रायमाझीको आवाज रहेको छ । चन्द्रदेव खड्काले शब्द लेखेका हुन् भने कमल विसी माल्दाइले लय संकलन गरेका छन् । आधुनिक शैलीमा बनेको उक्त तीज ब्याटल रिलिज पुर्व नै विवादमा तानिएको थियो। ब्याटलको टाइटल “बोको”लाई लिएर गीत वि वादमा तानिएको हो । यद्यपि गीत रिलिज भइसकेपछि भने दर्शक स्रोताले मिश्रित प्रतिक्रिया दिएका छन् भने केहि दर्शक स्रोताले पर्वको नाममा बिकृति ल्याएको युटुब भिडियो कमेन्टमा लेखेका छन । तर गित भने गीतको शिर्षक भन्दा फरक रहेको छ ।
एसथ्रीके इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज भएको उक्त गीतको भिडियोलाई देवेन्द्र कुंवरले निर्देशन गरेका छन् । भिडियोमा जिबी चिरन, कमल विसी माल्दाइ,लोमश शर्मा, रितु तामाङ , रबिना भण्डारी , शर्मीला रायमाझी , समुन्द्र पौडेल , मनिषा पोखरेल र समुन्द्र वाग्ले फिचर्ड छन् । त्यस्तै, भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने राजेश कुमारले सम्पादन एवम् रंग संयोजन गरेका हुन्
क्याटेगोरी : गीत संगीत, रोजगार, सफलता को कथा, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस