नक्कले भिनाजु ४’भिनाजुको छड्के ताल”युट्युब ट्रेडिङ १ मा,सर्वाधिक चर्चा(भिडियो)

गीतसंगीतको क्षेत्रमा फटको मार्दै रायमाझी परिवारका ४ जना दाजु बहिनि

काठमाडौं : पछिल्लो समय नेपालि गीतसंगीतमा केहि न केहि उत्तर चडाब अईनै रहेका छन् । कतिपय गीतसंगीत राम्रा भएर चर्चा कमाएका छन् भने कतिपय गीतसंगीत नराम्रो भएर पनि चर्चासंगै लोकप्रिय भएका छन् । समाजमा भिना सालीको ठट्यौलीपनमा आधारित लोकगीत नक्कले भिनाजु‘भिनाजुको छड्के ताल’ अहिले चर्चामा छ । अर्घाखाची घर भएका रायमाझी परिवारले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १ मा छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुब ट्रेडिङ भित्र आएको थियो ।सार्वजनिक भएको ६ दिन भित्र गीत नेपालमा ११ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । रायमाझी परिवारको हरेक गीतले उत्तिकै चर्चा पाईरहेका छन् ।

सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ। नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ। ‘गीतमा भिना सालीलाई पात्र बनाएर हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ । बिशाल रायमाझीको शब्द सृजना तथा संगीतमा तयार भएको गीतमा बिशाल रायमाझी,हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । कमल सौरागले संगीत संयोजन गरेको गीत कुमार राना मगरले गित फिनिसिङ गरेका छन् भने निर्देशन तथा म्युजिक भिडियो सम्पादन राजकुमार मगरले गरेका हुन् ।

सागर गौतमले छायाकन गरेको म्युजिक भिडियोमा रायमाझी परिवारकि लोकप्रिय नायिका तथा मोडल एलिना रायमाझी,अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको दमदार अभिनय रहेको छ । गीतको चौतर्फी चर्चा चलेको छ । उक्त गित Bishal Rayamajhi Official युट्युब मार्फत सार्वजनिक भएको हो । विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सक्ने हो भने सफल हुनसकिन्छ भने कुरा प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker