देबेन्द्र कुँवरले निर्देशन गरेका म्युजिक भिडियो एक पछी अर्को ट्रेडिङमा आईरहदा तिज ब्याटल’बोको”ट्रेडिङसंगै विवादमा कुँवर विवादमा तानिए

काठमाडौं :हरितालिका तिजको शुभकामना सहित पछिल्लो समय सबैको मन मुटुमा बसेकी गायिका शर्मिला रायमाझीको आवाज दिएको फेरी अर्को नया तीज गीत बजारमा आएको छ । गीतमा सर्मिला रायमाझी र कमल बिसिको स्वर रहेको छ भने चन्द्रदेव खडकाको शब्द सृजना रहेको छ भने लय गायक स्वयमले गरेका छन् । एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन ।
कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफीसंगै निर्देशन पनि गरिसकेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका कुवर यतिबेला सिखर चुम्ने क्रममा छन् । भखरै मात्र S3K Entertainment को प्रस्तुतिमा बजारमा आएको आयुषा गौतम,गिता देवि र हेमन्त कान्छा रसाईलिको स्वरमा रहेको “बिधुवा”गीतले चर्चा कमाउदै गएको छ । गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन । हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो। सो गित निर्देशन देबेन्द्र कुँवरले नै गर्नु भएको थियो । यतिबेला आयुषा गौतमको स्वरमा रहेको पहिलो तिज गित सार्वजनिक छोटो समयमा युटुब ट्रेडिङ १ मा आएको छ । कुवरले निर्देशन गरेका म्युजिक भिडियो मध्ये यति छोटो समयमा नै चर्चा कमाउन सफल यो पहिलो म्युजिक भिडियो हो । त्यसपछि मुना मगरको स्वरमा रहेको ”बचनैले नघोच”गीतलाई पनि देबेन्द्र कुँवरले निर्देशन गर्नु भएको थियो सो गीतले पनि राम्रै प्रतिक्रिया पाएको थियो । यसै सन्दर्भमा भखरै मात्र सार्वजनिक भएको गित तिज ब्याटल”बोका”गित बाहिर आए संगै गीतको चर्चा एका तिर चुलियो भने बिबाद पनि आएको छ । म्युजिक भिडियोको कमेन्टमा कुवरलाई पनि गालि गर्न भ्याएका छन् ।
केशब बडुको संगीत संयोजनमा रहेको गीतको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेको भिडियो भित्र चर्चित कलाकारहरु भिडियोमा जिबी चिरन, कमल विसी माल्दाइ,लोमश शर्मा, रितु तामाङ,रबिना भण्डारी , शर्मीला रायमाझी , समुन्द्र पौडेल , मनिषा पोखरेल र समुन्द्र वाग्ले फिचर्ड छन् । नेपालि गीतसंगीतमा चलेको नाम हो जीबी चिरन,कमल बिसी र लोमस शर्मा । युवा पुस्ता माझ यिनीहरुको पछिल्लोपटक छुटै क्रेज रहेको छ । भने यो गीतको म्युजिक भिडियो सम्पादन भने राजेश कुमारले गर्नु भएको छ । तीजको नाम दिएर बजारमा आएको गीतको पूर्ण सफलताको शुभकामना छ । भिडियो हेरौ :
क्याटेगोरी : गीत संगीत, जीवन शैली, मनाेरञ्जन, मुख्य समाचार, मोडल वाच
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस