Techie IT

मौलिक गीतको खडेरी”छमछम नाच्नी हो”गितको चर्चा


काठमाडौँ। नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजको शुभकामना सहित बिशेष फिलिम्सको प्रस्तुति लोकप्रिय गायिका शोभा थापा र एन बि बोहोराको स्वरमा”छम छम नाच्नु हो’ बोलको माैलिक तीजगीत बजारमा आएको छ। गीतमा एन बि बोहोराको शब्द तथा संगीत रहेको छ। विजय थापाले गीतको संगीत संयोजन गरेका छन् भने कृष्ण बाजुरालीले अडियो मिक्सिङ गरेका छन्।

भिम थापाको निर्देशन रहेकाे गीतको म्युजिक भिडियोका दृश्यहरु डीबी रौलेले क्यामेरामा कैद तथा म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन्। म्युजिक भिडियोमा कलाकार तथा मोडेल चक्र अवस्थी र रुबिना अधिकारीको अभिनय रहेको छ। यो म्युजिक भिडियो विशेष फिलिम्सको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 


क्याटेगोरी : गीत संगीत

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस