नेपाल आईडलबाट मन जितेकी रचना रिमाल र चेतना बोहोराको स्वरमा ‘काफल गेडी’सार्वजनिक भएको २४ घण्टा नपुग्दै चर्चा चुलियो

नयाँ र पुराना गायन कलाकारहरूका अनुसार पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ । गीत रेकर्डिङदेखि लिएर बजारमा पठाउने मात्र होइन दर्शक स्रोताले गीतसंगीत सुन्ने र हेर्ने तरिकामा पनि फरकपन आएको छ । यसै सन्दर्भमा गायक तथा मोडल चेतन बोहराको ‘काफल गेडी’ सार्वजनिक भएको छ ।

गितमा चेतन बोहोरा र रचना रिमालको स्वर रहेको छ । पछिल्लो समय रचना सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । नेपाल आइडलपछि उनको आवाजलाई मन पराउनेको संख्या दिनहुँ बढिरहेको छ । रचना नेपाल आइडल सिजन–३ को टप–८ बाट बाहिरिएकी थिइन् । पछिल्लो समयमा स्रोता तथा दर्शकको मन जितेकि गायिका रिमालका दर्जनौ गित बजारमा आएका छन्  ।

यस गीतमा हर्क बिवश खनालको शब्द तथा चेतन बोहोराको संगित रहेको छ भने गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । छायाकंन प्रकाश खड्का र म्युजिक भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् । म्यूजिक भिडियोमा बोहोरा र रिमाल नै अभिनय गरेका छन्।
भिडियो हेर्नुहोस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker