दुई अक्षरको”माया”ले झन्डै ज्यान लियो पत्रकार तथा कलाकार चिरन्जीवी सापकोटाको,हेर्नुहोस यो भिडियो

नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने पछिल्लो युवा पुस्ताको नाम हो एक बादल थापा, सुदूरपश्चिममा जन्मिएर काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका बादल थापा गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक तथा गायक बनेका छन् । पछिल्लो समय बजारमा आएको बादल थापाको युटुब च्यानलबाट केहि समय अगाडी आएको अडियो कभर फाईलको म्युजिक भिडियो आज दर्शक स्रोता माझ ल्याएका छन् । यस भन्दा अगाडी नै सार्वजनिक भएको अडियो सर्वाधिक चर्चामा रहेको छ ।
बादल थापाको स्वरमा रहेको गितमा बादल थापाको आफ्नै शब्द संगित रहेको छ । मारुनी स्टुडियोमा रेकर्डिङ भएको “हेर यो मुटुमा चिरा पर्र्या छ” गीतको म्यूजिक एरेन्जर विश्वास नेपालले एरेन्ज गरेका छन् । गितमा माया पिरतीका कुरा चित्रण गरिएको छ ।
निर्देशक सृजन बरालले निर्लेशन गरेको यो भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका दिन्सन शाहले सम्पादन गरेका हुन् । नेपाली गितसंगीत तथा संचार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका चिरन्जीवी सापकोटा,रोश्नी कार्की,प्रेम पुरी र राज थापा क्षेत्रीको अभिनय रहेको छ । यो म्युजिक भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । यो गितलाई हाम्रो शुभकामना छ ।
क्याटेगोरी : गीत संगीत, जीवन शैली, जीवनी


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस