एक पछि अर्को उत्कृष्ट सृजना गर्दै सर्जक सतिष अधिकारि,’बहिनि’गितको तिब्र तयारीमा

काठमाडौं । बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा पछिल्लो समय थोरै गित बजारमा ल्याएर तरंग ल्याएको नाम हो सतिश अधिकारि । जसका दर्जनौ गीतहरु मध्ये केहि गीतहरुले बजार खाएका छन् । जसमा जीवन संघर्ष, माया प्रेम र सामाजिक यथार्थ भोगाइका पलहरुलाई समेटिएका छन । सतिश अधिकारीले प्रेममा पागल भएकाहरुको भावनामा डुबेर बिछोडको पीडाको अनुभूत गर्छन् सामाजमा घटेका अनेक घटनाको अनुभूत गरेर गितमा उतार्नु उहाको एउटा कला हो । समाजमा घटेका,मानब जीवनका अनेक घटनामा चुर्लुम्ब डुब्छन अनि लेख्छन्, वियोगको पीडामा छट्पटाइरहेका अनेक व्यक्तिको कथा । पागल प्रेमीहरुको अनुभव,माया पिरती,सुख दुखका साठगाठ अरुबाट बटुलेर त्यही भावना समेटिएर गित कोर्नुहुन्छ । लमजुङ दुराडाडा जन्मिनु भएका सतिष अधिकारि सानै देखि गीतसंगीतमा रुची राख्नुहुन्थ्यो । पछिल्लो समय नेपाली लोकगीतको क्षेत्रमा यो नाम निकै चल्तापुर्जा मानिन्छ । उनको नाम सुन्दै नसुनेकाहरुले पनि उनले लेखेका शब्दले परिचय गाँसेका छन् ।

अधिकारि आत्मिक सुख,पिडा,यथार्तप्रक गीत लेख्ने माहिर हुनुहुन्छ । लेख्दै र संगीतमा भिज्दै आउँदा उनका लागि संगीत भनेको उठ्ने, खाने र सुत्ने सबथोक बनिदियो । व्यवसायिक रुपमा न लागे पनि अधिकारि रहर र यथार्त घटनालाई मनमा कुण्ठित घटनालाई बाहिर ल्याउने माध्याम बनाएका छन् गित संगीत । ”वास्तविक काहाँनि”गितबाट शब्द लेख्न शुरु गरेका सतिश अधिकारीले दर्जनौ भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् । हरेक गित उत्तिकै चर्चित र मार्मिक छन् । केहि महिना अगाडी बजारमा आएको”फुली नाकैमा”गितको म्युजिक भिडियोको परिकल्पनाबाट बजार तताएका अधिकारीले आफ्नै शब्द सृजना र परिकल्पनामा आयुषा गौतम,गिता देवी र हेमन्त कान्छा रसाईलिको स्वरमा रहेको”विधुवा”गीतले झन् उर्जा थपेको थियो । त्यस गीतको लगतै मुना मगर,टिका सानु र हेमन्त कान्छा रसाईलीको स्वरमा रहेको गित”बचनैले नघोच”सार्वजनिक गरेका थिए सो गीतमा शब्द तथा परिकल्पना पनि सतिश अधिकारीले नै गरेका थिए । ”विधुवा”गीता युटुब ट्रेडिङ १ मा परेर तरंग फैलिए पछि झन् चर्चा बटुलेका छन् । ”बचनैले नै नघोच”पनि युटुब ट्रेडिङमा आएको थियो ।

S3K Entertainment का प्रबन्ध निर्देशक रहेका अधिकारि यतिबेला प्रवासमा रहेर पनि आफ्नो जन्मभुमि र गितसंगीतलाई माया भने मार्न सकेका छैनन् ।नेपालि गीतसंगीतले बजार फट्को मारेको बेला हरेक धारका गितसंगीत बजारमा आएका बेला तपाईले यस्ता रुन्चे गित मात्रै किन लेख्नुहुन्छ भनेर सोधपुछ गर्दा अधिकारि थप्नुहुन्छ – उनी भने गाउँघरमा ठेट कुरा पाइन छोडेको र संकलन भनेको हुँदै हुन्न धेरैजसो लोकगीतहरु संकलन भनेर ल्याइन्छ ।‘पछिल्लो समय गाउँमा सिर्जनशीलता पनि हराउँदै गयो । त्यसरी संकलन गर्न निक्खर लोकगीत भेटिँदैन । बोलीचालीका कुरा, बोल्ने टोन र पुराना थेगो लिएर त्यसमा थपथाप पार्ने मात्र हो’उनी भन्छन् । सर्जक अधिकारि शब्द सृजना गर्न मात्रै सिमित छैनन उनि अभिनयमा पनि उत्तिकै पोख्त छन् । यसै सन्दर्भमा दशैँ तिहारलाई लक्षित गर्दै सतिश अधिकारीको आफ्नै शब्द सृजना र परिकल्पनामा ”बहिनि”नामक गित ल्याउने तयारीमा रहेको बताएका छन् । ”बिहिनी”नामाकरण गरेर चिरन्जीवी सापकोटाको नयाँ अवतारमा पोस्टर आउट गरिसकेका छन् तर यो गीतको बारेमा भने केहि खुलाएका छैनन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker