”याे बुण्याकाे बड्डाे”डेउडा गित सार्वजनिक,भिम थापा र रोजी कँवरको अभिनय(भिडियो)

काठमाडौँ। नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजको शुभकामना सहित बिशेष फिलिम्सको प्रस्तुतिमा चन्द्र बिकको डेउडा गित चन्द्र बिक र शाेभा थापाको स्वरमा देउडा गित”याे बुण्याकाे बड्डाे”बोलकोगीत बजारमा आएको छ । गीतमा नेत्र परियारको शब्द तथा चन्द्र बिकको संगीत रहेको छ । विजय थापाले गीतको संगीत संयोजन गरेका छन् । गीतमा माया पिरती र ठट्यौलो तथा उमेर अनमेलाका कुरा पनि दर्शायिएको छ । मौलिक गीतको खडेरी परेका बेला दिन प्रतिदिन नया नया डेउडा गित बजारमा आउने गरेका छन् । गायिका शोभा थापा बिगत लामो समय देखि यहि क्षेत्रमा निरन्तर लागेकी छन् भने चन्द्र बिक पनि एक पछी अर्को प्रस्तुति ल्याएर आएका छन् । चन्द्र बिक एक गायक मात्र नभएर एक कुशल सर्जक पनि हुन् ।

भिम थापाको निर्देशन रहेकाे गीतको म्युजिक भिडियोका दृश्यहरु क्यामेरामा कैद डिबी रौलेले गरेका हुन्। म्युजिक भिडियोमा कलाकार तथा मोडेल राेजि कुवर र भिम थापाको अभिनय रहेको छ भने राजेश कुमारले सम्पादन गरेका हुन् । बिशेष फिलिम्सको अफिसियल युतुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker