Techie IT

सर्बिन बोगटीलाई एक पछी अर्को सफलता “उस्तै छैकी कि फेरी” सार्वजनिक भएको २४ घण्टा नपुग्दै चर्चा


काठमाडौ -नेपालको मौलिक भाका सुदूरपश्चिमका ९ र मध्यपश्चिमका केहि जिल्लाहरुमा मात्रै गाउने र खेलिने गरिन्छ । यसलाई संस्कृतिमा मध्यपश्चिम तथा सुदूरपश्चिमको ढुकढुकी देउडा गीत पनि भन्ने गरिन्छ । यो पछिल्लो समयमा आएर लोपहुदै आएको डेउडा गितलाई जगेर्ना गर्न युवा गायकसर्बिन बोगटी लगायत सुदूरपश्चिम र पश्चिमका अग्रज कलाकारहरुको ठुलो महत्व रहेको छ । यसरी सस्कृतिलाई सदैब सदा हाम्रो मौलिक सस्कृतिलाई सधै बचाईराख्नु पर्छ भन्ने अभियान्ता युवा पुस्ताका लागि सर्बिन बोगटी हुन् भन्दा फरक पर्दैन होला । सानो देखि नै गित संगीत भने पछी हुरुक्क हुने गायक तथा सर्जक बोगटी हिजो दश बर्षे आन्दोलन हुदा पनि जनताका जन गायक बनेर सवैका लोकप्रिय बनेका थिए ।

मुलुकमा भएका ठूला आन्दोलनमा उनले गायका गीतले ऊर्जा भर्‍यो, तर उनको जीवनमा सधैं खडेरी परिरह्यो । रेकर्ड गित थोरै गाए पनि आदर्श र इमानमा सधैं रहेका गायक बोगटीले लोभ र आशमा गीत गाएनन् । सधैं जनता र देश भनिरहे । देश र जनताकै लागि जीवनभरको समय खर्चिए । कसैकोमा गएर लाभको पद मागेनन् र माग्न पनि जानेन । तर गायक बोगटीलाई एउटै कुराले जहिले पिरोलिरहन्थ्यो मौलिक डेउडा गित अगाडी बढाउन र जग्रेना गर्न निरन्तर लागिरहेका छन् । कालिकोट रुप्सा घर भएका बोगटी अनेक सपना बुन्दै काठमाडौलाई कर्म थलो बनाएर गीतसंगीतमा लागेका छन् ।

नेपाली गितसंगितमा फरक खालका प्रस्तुति आउने क्रम प्रतिस्पर्धात्मक रूपमा बढिरहेको छ । यसै सन्दर्भमा गायक सर्विन बोगटीको स्वर,संगित तथा शब्दमा “उस्तै छैकी कि फेरी”सार्वजनिक गरेका छन । जन्म भुमि,कर्मभूमि,जन्मेहुर्केको ठाउँ, प्रदेशी हुदाको प्रत्येक नेपालीहरुको पिडा, दुःख, संघर्ष र जीवन कहानीलाई गीतमा चित्रण गरिएको छ । नेपाली गितसंगित बिशेष गरि मौलिक डेउडा संस्कृतिलाई जग्रेना गर्नु पर्छ भन्दै विगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागिरहेका चर्चित हस्ती सर्जक एउटा विशुद्ध डेउडा गायक मात्रै नभएर अरु विदाका गीत गाउँन पनि उत्तिकै माहिर छन गाएका पनि छन् नाच्न पनि उत्तिकै पोख्त छन् ।

सर्विन बोगटी र सुस्मिता कुँवरको अभिनय रहेको छ भने जीबी आग्री र सुनिल पाण्डेको संयुक्त निर्देशनमा तयार पारिएको म्युजिक भिडियो छायाकन राजेन्द्र पालले गर्नुका साथै गीतको म्युजिक भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :


क्याटेगोरी : गीत संगीत, जीवन शैली, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस