बिनोद भण्डारीको निर्देशन,रमेश परियारको शब्द/संगीत कुलेन्द्र बिक र शान्ति परियारको स्वरमा”निरजाले”(भिडियो)

काठमाडौँ,। नेपालि गीतसंगीतको दुनियामा आजभोली फरक खालका गीतसंगीत नेपालि बजारमा एक पछि अर्को आउने निरन्तर जारि रहेको छ । गीतसंगीतले बजार तातिरहेको बेला रमेश परियारको शब्द/संगीतमा बिल्कुलै नयाँ प्रस्तुती “निरजाले” भर्खरै मात्र सार्बजनिक भएको छ । हजारौं सर्जकहरुको बीचमा पनि रमेश परियारका सृजना पनि उत्तिकै लोकप्रिय छन् ।
नेपाली समाजलाई लोक संगीतको माध्ययमबाट जोड्दै र लोक पारखीको मनमा बस्न सफल गायकहरुले नयाँ किसिमको भाकाको रुपमा बजारमा आएका छन । नेपालि गीतसंगीतको दुनियामा आफुलाई छुट्टै पहिचानमा उभाईसकेका गायक कुलेन्द्र बिक र शान्ति परियारको स्वरमा रहेको गित”निरजाले”सार्वजनिक भएको छ । पछिल्लो समय नेपालि समाजमा घटेका समसामयिक घटना तथा माया पिरती,मिलन बिछोडमा आधारित भएका गीत बजारमा आउने क्रम निरन्तर जारि रहेकै बेला यो गित सार्वजनिक हुदा झन् नेपालि गीतसंगीतमा एक अर्को आयाम थपिएको छ ।
बिनोद भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोलाई करन चौसियार छायाकन गरेका छन् भने मनोज कार्की सम्पादन गरेका हुन् । बहुप्रतिभाका ध्वनि गायक कुलेन्द्र बिक र परेना केसीको दमदार अभिनय रहेको म्युजिक भिडियो शिब हमालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस् भिडियो :