एक नारायण भण्डारीको शब्द सृजना बिनोद बाजुरेलिको संगीत,अन्जु पन्तको स्वरमा “दोश कस्को”सार्वजनिक

काठमाडौँ,। नेपालि गीतसंगीतको दुनियामा आजभोली फरक खालका गीतसंगीत नेपालि बजारमा एक पछि अर्को आउने निरन्तर जारि रहेको छ । पछिल्ला बर्षहरुमा नेपालि गीतसंगीतको क्षेत्रमा फराकिलो बनाउदै गइरहेको बेला सुभारम्भ डिजिटल म्युजिकको प्रस्तुतिमा सर्जक एक नारायण भण्डारीको शब्द सृजनामा अर्को आधुनिक गित”दोश कस्को”सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा माया पिरतीमा घात गरेपछि र आफैले भुलचुक जानीजानी जानी गरेको गल्तिको परिणाम देखाईएको छ ।
संगीत संयोजक बिनोद बाजुरेलिको संगीत रहेको गितमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय नेपालि समाजमा घटेका समसामयिक घटना तथा माया पिरती,मिलन बिछोडमा आधारित भएका गीत बजारमा आउने क्रम निरन्तर जारि रहेकै बेला यो गित सार्वजनिक हुदा झन् नेपालि गीतसंगीतमा एक अर्को आयाम थपिएको छ ।
बिनोद बाजुरेलिले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरेलिले मिक्सीङ गरेका हुन् भने बिनोद बाजुरेलिको निर्देशन गरेको म्युजिक भिडियोलाई करन चौसियार छायाकन गरेका छन् भने मनोज कार्की सम्पादन गरेका हुन् । म्अयुजिक भिडियोमा ओबी रायमाझी,अन्भिजली अधिकारि,बिमल अधिकारि र रबिना भण्डारीको अभिनय रहेको म्युजिक भिडियो Shubharambha Digital Musicको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस् भिडियो :