Techie IT

लाखौ प्रेम जोडीको वास्तविक काहानी”पिरती नलाम मयाँ मन पोल्छ”-“साया”


सोचेको जस्तो जिन्दगि त् कसको होलार खै ? म मा एउटा अधुरो सपना, अपुरो चाँहना छ तिमीलाई पाउने सदा सदाको लागि आफ्नो बनाई मन मन्दिरमा सजाउने मेरो झिनो आशा पनि तिमीमै निर्भर छ । दश ठाउँ तिमी दिल लगाउ चाहे जतिसुकै घृणा गर मलाई, तर मेरो एउटै चाँहना तिमी मात्र तिमी ,समय सँगै बदलिन अनि छेपारो जस्तै रंग फेर्न जान्दिन । माया त्यस्तो चिज हो जसका कारण पानी बिना छट्पटिने माछि सरह हुन्छ जिबन। के यो कम छ र ? अघोर तपस्या पश्चात गर्दा पनि त् केहि चिज गुमाउनु पर्छ । भन्न त सजिलो छ तर जबरजस्ति र एकोहोरो चाँहनाले गल्दो रहेछ मान्छे । बाहिर हेर्दा हाँसि खुशि देखिएता पनि भित्र भित्रै जल्दो रहेछ मान्छे मायाँमा ।

आखिर किन यति धेरै मायाँ लाग्छ कसैको किन होला खै कुन्नि हरेक पल तिम्रै यादमा टोलाउँछु म । तर तिमिलाई बाल मतलव छैन भन्न त् मन लाउछ । वास्ता र मन भए पो मायाँ प्रिती मन नै नभए के को तिर्सना होईन र ? तर अवस्था जटिल छ । आखिर यस्तै यस्तै कुराले मन पोलेको हुन्छ मान्छेको । यसैको बीचबाट निस्कन्छ संगीत । कतिपयले देखाउछन पिडा कतिपयले लुकौछन पिडा ! सायद परिकल्पना र वास्तविक भोगाईको बीचबाट स्र्जना भएको हुनसक्छ यो सृजना ।

“पिरती नलाम मयाँ मन पोल्छ”को अफिसियल भिडियो गत बिहीबार सार्वजनिक गरिएको छ । गितको टुक्का टिकटमा अत्याधिक भाईरल भएको थियो । गितको शब्द चर्चित मोडल एबम गितकार बिमल अधिकारीको रहेको छ भने गितमा अर्जुन सापकोटा,जय देवकोटा,यज्ञ सापकोटा र पूर्णकला वि।सि को स्वर रहेको छ । अर्जुन सापकोटा,जय देवकोटा,यज्ञ सापकोटाको सयुक्त संगीत रहेको गीतमा सञ्जय श्रीपालीको एरेञ्ज,हेमन्त कान्छा रसाइलीको सारंगी,कुमार सानु पुनको मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियो बिमल अधिकारीको निर्देशनमा रहेको छ भने म्युजिक भिडियोमा बिमल अधिकारि साया भण्डारी,कृष्ण बा,बिष्णू भण्डारीको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन भने भिडियो भावना म्युजिक सोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


क्याटेगोरी : गीत संगीत

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!