अनेक सपनालाई माया मार्दै मोडलिङमा फट्को मार्दै दिनेश कठायत,”प्रेमको माला”गितको चर्चा बटुल्दै

काठमाडौँ-गीतसंगीतको माहोल निकै नै तातिरहेको बेला सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । हरेक समस्या र परिस्थितिका बाबजुद पछिल्लो समय मोडल बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेका नव मोडल दिनेश कठायत नृत्य तथा अभिनयमा पोख्त छन् । सुन्दर मुहार र आकर्षक शरीरको धनी छन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहान्छन ।

सुदूरपश्चिम डोटी जोराईल स्थायी घर भएका बासिन्दा दिनेश कठायत बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएका छन् । सानै उमेर देखि नृत्यमा रुचि राख्ने दिनेश कठायत अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छन् । नब मोडल दिनेश कठायत भन्छन,अब मोडलिङ क्षेत्र मै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
“मायाले बोलाको”गीतको म्युजिक भिडियोबाट डेब्यु गरेका कठायतले करिब ५ दर्जन भन्दा माथि मोडलिङ गरिसकेका छन् । यसै सन्दर्भमा गीत संगीतको रफ्तारमा विश्व कृतिमानी सुजल बमको नयाँ म्युजिक भिडियो ” प्रेमको माला ” सार्वजनिक गरेका छन् । गायक नरेन्द्र प्याशीकै आवाज र संगित, दुर्गा खतिवडा भट्टराईको शव्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा सुजलसंगै मोडल दिनेश कठायतको जोडदार अभिनय रहेको छ ।

प्रसिद्ध मोडल सनम कठायतको परिकल्पनामा अन्जन शर्माले निर्देशन गर्नु भएको उक्त भिडियोमा दिपक गिरिको छायांकन र राजेश कुमारको सम्पादन रहेको छ र एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker