Techie IT

मेरो क्षमता कत्तिको छ भन्ने कुरा आँफैले घमण्ड गरेर थाहा हुँदैन,सबै दर्शक श्रोताको हातमा छ ।


काठमाडौं । गीतसंगीतको माहोल निकै नै तातिरहेको बेला सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको गित संगीत क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको सांगीतिक क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ,गायन क्षेत्र दिनानुदिन फैलिदै गएको छ । हरेक समस्या र परिस्थितिका बाबजुद पछिल्लो समय गायक बन्ने चाहना लिएर सांगीतिक क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेका बिष्णु भट्ट गित गाउँन मात्रै हैन लेख्न तथा संगीत गर्न पनि उत्तिकै माहिर छन् । उनी मेहनतका साथ कलालाई अँझै निखारता ल्याउदै गायन तथा सर्जक भएर स्थापित हुन चाहान्छन ।

सुदूरपश्चिम डोटी सिलगडी स्थायी घर भएका बासिन्दा बिष्णु भट्ट बिगत लगभग दुई दशक देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक रुपमा आफुलाई निखार्दै आएका छन् । सानै उमेर देखि गित संगीत भने पछी हुरुक्कै हुने भट्ट आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छन् । बिगत लामो समयको गीतसंगीतको अनुभब बटुल्दै गायन क्षेत्र मै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु भन्ने आट अझै मरेको छैन भट्टमा ।

सानै देखि गित संगीत मन पराउने भट्टले धेरै गीतहरु लेखि सकेका छन् अहिले सम्म उनको गितहरु २ सय माथीको हार हारीमा गित स्वर तथा शब्द कोरिसकेको बताउछन । संघर्ष रहित जिन्दगीलाई कठोरताको साथ् अगि बढाउदा बढाउदै पनि लेखन यात्रा कहिले रोकेनन उनीले बिद्यालय जिबनमा हुदा हुदै पनि गित,गजल लेखेर दर्शक माझ देखाई सबैको मन जितिसकेका छन् । “सलेना गर्खाकी”गीत गाएर डेब्यु गरेका भट्टले गजल गायनबाट लामो समय यहि क्षेत्रमा बेथित गरिसकेका छन् ताकी स्थापित भैसकेका छन् । सर्जक तथा गायक भट्ट गायनले मात्र सिमित हुनुहुन्न । राम्रो गजलकार पनि हुन् । अहिलेबजार माहोल हेर्ने हो भने सस्तोलोकप्रियता बढ्दै गएको छ ।

यतिका वर्ष गित संगीत र लाईभ गजल गाउदै गर्दा कहिले तपाईलाई हिट भएको हेर्न मन लागेन भन्दा भट्ट भन्नहुन्छ – “मलाई सस्तो लोकप्रियता कमाउन छैन । कालजयी गित गाउने र सिर्जना गर्न खोज्ने मान्छेलाई कहिले चर्चित हुनुपर्छ सस्तो लोकप्रियताको लागि काम गर्नु पर्छ भन्ने मेरो मनमा कहिले आउदैन  आएन  पनि र सस्तो लोकप्रियताको लागि म काम गर्दिन पनि । गायन मेरो अर्को पाटो हो । पहिलो कुरा त् म लाईभ गजल गाउने मान्छे हु । गायको पनि छु । गाउने पनि छु । सृजना सबैले गर्छन सबैलाई आफ्नै सन्तानको माया लाग्छ । गरेका सवै काम राम्रा र सफल हुन्छन भन्ने कुरा मैले अहिलेसम्म कुनै शब्दकोषमा भेटाएको पनि छैन । मैले सिकेको भोगेको कुरा भनेको हरेक कुराको साधना चाहिन्छ पालो कुर्नु पर्छ । गन्तव्य पुग्न सकिन्छ । श्रोताले भन्ने कुरा हो कि म कस्तो गायक हुँ भनेर । मेरो क्षमता कत्तिको छ भन्ने कुरा आँफैले घमण्ड गरेर थाहा हुँदैन। सबै श्रोताको हातमा छ। होला म मा केही खुबि होला। सबै गायकमा आ-आँफ्नो खुवी र महत्त्व हुन्छ। म मा यो गायक भन्दा यो राम्रो भन्ने मानसिकता छैन। किनकी “बगैँचाका हरेक फूल सुन्दर हुन्छ्न्” अनि आ-आँफ्नै बासनाले सुसज्जित हुन्छ्न् । यहि हिसाबमा नै प्रष्ट हुन्छकी मैले टक्कर दिने र लिने भनेर कसैलाई भन्न मिल्दैन ।”

नेपालि गित संगीतको बजार कहिले उचाइमा त कहिले खस्किदो धरातलमा पुगिरहेको बर्तमान सन्दर्भमा यतिबेला फेरी एउटा सन्नाटा छाएकोछ | गित गायर होस् या लेखेर होस श्रस्टा /कलाकार जो-कोहि संगीतको साधक आफ्नो पेशाले जिबन धान्न सकिरहेकाहरुको सख्या न्यून नै छ भन्दा अतियुक्ति नहोला ,त्यसो त अन्य विधाका आफ्नै कथा ब्यथाहरु प्रसस्तै नभएको भने हुदैहोइन । निकै शालीन र सरल स्वभावका धनि श्रस्टा भट्ट एक माध्याम परिवारका सदस्या हुन् । परिवार,साथीभाई,शुभ चिन्तक दर्शको मायाले गर्दा नै यहासम्म आएको स्वकार्नु हुन्छ । हरेक चुनौती र वाध्यता बिचमा पनि मेरा सांगीतिक यात्रा कहिले रोक्ने छैन म । नेपालमा राम्रोसंग संगीत सिकेर अनि बुझेर संघर्ष गर्नेहरुका लागी बजार छ र बाँच्न गाह्रो छैन भन्न चाहन्छु। बाँच्न सकिन्छ तर पैसा कमाउन भने नसक्न पनि सकिन्छ।

हरेक मान्छेको जिन्दगीको आफ्नै परिभाषा छ । जसले जे भोग्यो त्यहि हो बास्तविक जिन्दगि । कसैले जिन्दगि रंगी बिरंगी सपना संघर्ष र चुनौती झेल्दै अविरल बग्ने नदि ठानेका हुन्छन । भन्छन कोइ जिन्दगि स्वचालित औजार नै हो आशा निरासाको भारि बोक्ने एउटा छोटो यात्रा हो दुखिगरिबको लागि त जिन्दगि घरि घरि घोच्ने काडा नै हो जस्तो लाग्छ । सपनाको सुन्दर बस्तीमा मायाँको विरुवा हुर्काउने मन सबैको हुन्छ । जीवनमा धेरै क्षणहरु कठिन मोड मै उभ्याएर हिडेका हुन्छन मान्छे । सघर्षका हरेक पाइलाहरु चट्टानका थुप्राहरू बिच ठेस लाग्दै हिडेको हुन्छ मान्छे । पिडा, हाँसो, आँशुको संगम हो जिन्दगी । पाप, धर्म ,सेवा, दुष्ट्याईको संगम रहेछ जीवन । पैसासंग जीवन साट्ने संसार रहेछ ,यहाँ त बदामको खोस्टोमा जीवन केलाईन्छ ।

विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका सर्जक तथा गायक बिष्णु भट्टको माया पिरती वियोगान्त मार्मिक लोक गीत”चिलगाडी”बजारमा सार्वजानिक भएको छ। उक्त गीतमा गायक बिष्णु भट्ट र एलिना चौहानको स्वर रहेको छ भने गायक स्वयम बिष्णु भट्टको शब्द सिर्जना साथै लय रहेको छ । गीतमा माया पिरती गरिबी र प्रदेशी हुदाको पिडाका भाव बगाएका छन् भने बिछोड हुदा पछाडिको पिडा दर्साएका छन् ।

जसमा भाबुक हुदै भट्ट र चौहान आफै प्रस्तुत भएका छन् । ओम सुनारको संगीत संयोजनमा तयार भएको गित बिरेन्द्र धामीले छायांकन तथा सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा AB Entertainment Nepal को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :


क्याटेगोरी : गीत संगीत, जीवन शैली, जीवनी, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस