”जिन्दगि खास छ”सबै गलत छ,रोशन र बादलको प्रेमलिला,अन्जु पन्त पिडामा(भिडियो)

काठमाडौं । नेपालि गीतसंगीतको दुनियाँमा दिन प्रतिदिन गित सार्वजनिक भैरहेका हुन्छन । नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो एक रोशन सिंह, रुकुममा जन्मिएर काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका रोशन सिंह गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक तथा गायक हुन् । एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा”जिन्दगि खास छ” लिएर रोशन सिंह दर्शक स्रोता माझ आएका छन् ।
बि-स्टारले पोस्ट प्रोडक्सन गरेको गित बिहीबार बिहान Bhawana Music Solution को अफिसिस्यल युटुव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् । केहि समय अगाडी”ओए काजल”गितको फरक र उत्कृष्ट निर्देशन गरेसँगै फेरि चर्चामा आएका निर्देशक बिक्रम चौहानले फेरि उत्कृस्ट भिडियो”जिन्दगी खास छ” चौहानको निर्देशन तथा कोरियोग्राफर सहित बजारमा सार्वजनिक गरेका छन् । हरेक म्युजिक भिडियोमा नयाँपन दिन खोज्ने बिक्रम चौहान एक पछी अर्को सफलता चुम्दै गएका छन् ।
अन्जु पन्त र बादल थापाको स्वरमा रहेको गितमा रोशन सिंहको उत्कृष्ट सब्द/संगीत रहेको छ । लोकप्रिय गायिका अन्जु पन्तका गित नसुन्ने मान्छे बिरलै भेटिएलान । पन्तका हरेक गित उत्तिकै चर्चित र लोकप्रिय नै रहेका छन् । यहिसंगै बादल थापा पनि एक पछी अर्को सफलता चुम्दै अगाडी बढेका छन् । दर्जनौ गीतमा स्वर भरिसकेका बादल थापा गित लेख्न र शब्द लेख्न पनि उत्तिकै माहिर छन् । केहि समय अगाडी बजारमा आएको गित’हेर यो मुटुमा चिरा पर्या छ’गितले झन् उर्जा थपेको छ । गीतमा माया पिरथिलाई चित्रण गरिएको छ ।
बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गित मिक्सीङ किशोर थापाले गरेका हुन् ।यो म्युजिक भिडियोलाई बुद्द थापाको टिमले छायाकन गरेका हुन् भने सुरेश काफ्लेको ड्रोने खिचेका हुन् । मिनल बिकले सम्पादन गरेको म्युजिक भिडियोमा बिमल अधिकारी र आइश्मा चौधरीको अभिनय रहेको छ ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस