Techie IT

जनक साउदको ‘मुख्याकी छोरी’ लाई उत्कृष्ट देउडा गीतको अवार्ड


गायक जनक साउदको ‘मुख्याकी छोरी’ बोलको गीतलाई उत्कृष्ट देउडा गीतको अवार्ड प्रदान गरिएको छ ।

तेस्रो योङ्ग माइन्ड इन्टरटेइनमेन्ट अवार्ड–२०७७ को अवसरमा साउदको ‘मुख्याकी छोरी’ बोलको गीतलाई उत्कृष्ट देउडा गीतको अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावल बुझेकी थिइन् ।

‘मुख्याकी छोरी’ बोलको देउडा गीतमा शब्द नरेन्द्र रावल, निर्देशन चक्र साउद रहेका छन् भने गायिका शोभा थापा र अभिनय सरस्वती बनको रहेको छ ।

अवार्ड जितेपछि साउदले खुसी व्यक्त गरे । अवार्डले आफ्नो साङ्गीतिक यात्रामा थप ऊर्जा थप्ने उनले बताए ।

कलाकार साउँद हास्यव्यङ्ग्य सँगै पछिल्लो समय देउडा तथा लोक देउडामा चर्चा कमाई रहेका छन् ।


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस