Techie IT

‘छाँई हान्ने गिठीको पारो ए चम्पा दही बनाउने ठेकी


नेपाली सांगितिक क्षेत्रको एउटा अंग मानिने सुदूरपश्चिमको मौलिक डेउडा देशभरी नै विस्तार हुँदै गएको छ। नयाँ पुस्ताका युवा कलाकारहरुले सुदूरपश्चिममा बाेलिने ‘टिपिकल’ भाषालाई आफ्नो सिर्जनामा प्रयोग गर्न थालेपछि डेउडा देशभरी नै विस्तार हुन लागेको हो।

नयाँ प्रविधिसँगै संगीतमा प्रयोग हुने बाजाहरुका कारण पनि पछिल्लो समय डेउडाले आफ्नो उचाई लिएको संगितकर्मीहरुले बताउने गरेका छन्। यस क्षेत्रको भाषा, संस्कृतिमा सिर्जना हुने संगीत देशभरी नै चल्न सफल हुने गरेको छ। हुन त सुदूरपश्चिमको मौलिक डोटेली भाषा सुन्नमा नै आनन्द आउने खालको भएका कारण पनि संगीतका माध्यमबाट यस क्षेत्रको संस्कृति फैलिँदै गएको बताउनेहरुको संख्या पनि कमि छैन।

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रको सफलता तथा असफलता समाजिक सञ्जालले मापन गर्ने गरेको छ। आम दर्शक तथा स्रोताहरुले पनि कुन गीत सफल भयो भन्ने कुरा सहजै पत्ता लगाउन सक्छन्। केही समय अगाडिसम्म युट्युव र फेसबुकमा चलेका गीतहरुले मात्रै सफलता पाएको भन्ने जमात निकै ठुलो थियो। तर पछिल्लो समयमा आएर उक्त रेकर्डलाई टिकटकले तोडेको छ। अहिले बजारमा सार्वजनिक भएका गीतहरुले टिकटकमा भाइरल भएपछि मात्रै सफलता पाएको भन्ने चलन छ।

‘छाँई हान्ने गिठीको पारो ए चम्पा दही बनाउने ठेकी
धड्कनै रोकिन लाग्यो ए चम्पा तेरो अनुहार देखि’

यो एक गीतको टुक्का हो। गत असार २४ गते चेतन बोहराको युट्युव च्यानलबाट सार्वजनिक भएको ‘चम्पा’ गीतमा उक्त टुक्का समेत रहेको छ। नेपालभित्र सामाजिक सञ्चालन टिकटक प्रयोगकर्ताले सो टुक्का सुनेका छन् भन्दा फरक नपर्ला। सोही गीतका गायक हुन्, डोटीको पूर्वीचौकी पुर्खौली घर भएका गायक चेतन बोहरा। हाल काठमाडौंमा बस्दै आएका बोहराको परिवार कैलालीको गोदावरी नगरपालिमा पर्ने लालपुरमा बस्दै आएको छ।

दीनेश खबर


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!