Techie IT

विवादित बन्दै पुष्प र जिसुको ‘हेर्ने हो र देखाइदिम’ गीत


३ दिन अगाडि मात्र गायक यज्ञ वीक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक भयो । यो गीतको शब्द भने दुई अर्थी दिने खालको छ । किनकी, गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’ भनेर प्रश्न सोधेका छन् । यो शब्दलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले समेत प्रश्न उठाएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक–गायिकाहरुलाई द्धिअर्थी शब्द प्रयोग गरेर गीत नगाउन आग्रह पनि गर्दै आएको छ । तर, पनि गायक–गायिकाले प्रतिष्ठानको आग्रहलाई वेवास्ता गर्दै आएका छन् ।

सार्वजनिक यो गीतमा राजु सुनामको शब्द तथा संगीत छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

नेपाली लोकसंगीतमा प्रयोग हुने यस्ता शब्दहरुका कारण नै सिंगो संगीत उद्योग विवादित बन्दै आएको छ । केही दिन अगाडि दुर्गेश थापालाई कारबाही गरेको प्रतिष्ठानले यो गीतका सर्जकलाई सचेत गराउँछ या गराउँदैन होला, प्रतिक्षा गर्नैपर्छ ।


क्याटेगोरी : गीत संगीत, नेपाली पर्दा, मनाेरञ्जन, मोडल वाच

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस