Techie IT

चलचित्र ‘म राजेश हमाल’ को टिम पुग्यो धनगढी


वर्ड पिक्चर र ढाकाटोपी फिल्मसको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘म राजेश हमाल’ को टिम धनगढी पुगेको छ ।

२१ गतेदखी सुदूरपश्चिमका बिभीन्न ठाउँमा उक्त चलचित्रको सुटिङ गरिने बताइएको छ । आज सन्जिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी र एभनराज उप्रेती धनगढी पुगेका हुन्।

फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, अस्मिता लामिछाने, सञ्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल महत्वपूर्ण भूमिकामा देखिँदैछिन् । अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् ।

उक्त चलचित्रमा दिपक आरजेको सङ्गीत रहेको छ । उनले चलचित्र बाह्र सत्ताइस, अमेरीका बोइज, लप्पन छप्पन र लप्पन छप्पन २ जस्ता हिट चलचित्रमा स्वर तथा सङ्गीत दिइसकेका छन् ।

पछिल्लो समय उनको सङ्गीत दर्शकमाँझ लोकप्रिय बन्दै गएको छ । जोन योञ्जनकै कथा रहेको फिल्मको पटकथा जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् ।

अलोक शुक्लाले खिच्ने फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् ।

जोनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए । यस चलचित्रका निर्माता केदार भुषाल रहेका छन्, भने फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् ।


क्याटेगोरी : गीत संगीत, समाचार


प्रतिक्रिया दिनुहोस