कट्रिनाले स्पष्टोक्ति- विवाहको कुनै योजना छैन

बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै बिच यी दुईको विवाहको खबर मिडियामा आएको छ ।
भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।
उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । ‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ उनले कुराकानीको क्रममा भनेकी छिन्, ‘अहिले नै विवाहको कुनै योजना छैन।’
यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने सङ्केत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गय राती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस