Techie IT

अछामका दिनेश ठकुल्लाले जिते सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड


निर्देशक दिनेश ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका छन् ।

सगरमाथा म्युजिक अवार्ड–२०७८ मा निर्देशक ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका हुन् । सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जितेका ठकुल्लालाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट नव निर्देशक अवार्डका लागि ५ निर्देशक मनोनयन भएका थिए। अन्य ४ निर्देशकलाई पछि पार्दै ठकुल्लाले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हात पार्न सफल भएका हुन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–०३ बेल्पाटाका ठकुल्ला विगत ४ वर्षदेखि गीतसंगीत क्षेत्रका सक्रिय छन् ।

हालसम्म उनले डेढ सयभन्दा बढी म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्। साथै उनले केही म्युजिक भिडियोमा आफैं मोडलिङ समेत गरेका छन् ।


क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस