भागीरथ चलाउने र सुनिता बुढाको तीज गीतले लोकप्रियता कमाउदै

नेपाली गायन क्षेत्रमा भागीरथ चलाउने चर्चित नाम हो । उसो त उनका सबै जसो गीतलाई दर्शकले निकै रुचाउँछन् । विशेषगरि तीज गीत उनका बढि चर्चामा रहन्छन् ।
आजभन्दा करिब ६ वर्ष अगाडि “नरिसाउन कान्छु” बोलको तीज गीत निकै चर्चित थियो ।अघिल्लो वर्षको “थोपडाले धोका दियो बरिलै” बोलको अर्को गीतले त निकै चर्चा कमायो । करिब ५० लाख दर्शकले यो गीत हेरेका छन् ।
यसैबिच केहि दिन अघिमात्र सार्वजनिक भएको “झमझम झम्काना” बोलको तीज गीतले पनि दर्शकको मन जितेको छ । यो गीत छोटो समयमै निकै चर्चित बन्न पुगेको छ । यो गीतको भिडियोले यो समाचार तयार पार्दासम्म युटुब को चौथो स्थान ओगट्न सफल भएको छ ।
गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करिब १ लाखले टिकटकमा भिडियो पनि बनाएका छन् ।“झमझम झम्काना” बोलको तीज गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन्।
लय भने गायक चलाउनेकै रहेको छ ।गीतलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गिता ढुङ्गानाले अभिनय गरेका छन् ।
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस