लीलुको सफलता पछि म्युजिक भिडिओ लालेको तयारीमा शर्मा

चेतनामूलक म्युजिक भिडियो लीलुको सफलतापछि म्युजिक भिडियो लाले बजारमा ल्याउने निर्माता एल.पी. (लक्ष्मी प्रसाद) शर्माले उद्घोष गरेका छन् ।
साँफेबगरमा चेतनामूलक म्युजिक भिडियो लीलुको प्रदर्शन तथा सेलिब्रेसन कार्यक्रममा बोल्दै शर्माले नयाँ म्युजिक भिडियो लाले बजारमा ल्याउने उद्घोष गरेका हुन् ।
छाउ प्रथा र प्रथाले रजस्वला उमेरका किशोरी तथा महिलाले भोग्नु परेका नियतिबारे तयार पारिएको म्युजिक भिडियो लिलुलाई मिलेको माया र दर्शकले दिएको साथले नयाँ म्युजिक भिडियो लाले बजारमा ल्याउन प्रेरित गरेको शर्माको भनाई छ ।
आउँदो म्युजिक भिडियो लाले मङ्सिरसम्म बजारमा ल्याइसक्ने र लालेले पनि सचेतनामूलक सन्देश दिने शर्माले बताएका छन् । अछाम लगायत सुदूरपश्चिममा व्याप्त रहेको छाउ प्रथा र प्रथाका कारण नारकीय जीवन भोग्दै आएका महिला तथा किशोरीको अवस्थालाई लीलुले ऐनाजस्तै छर्लङ्ग कथामा उतारेको श्रोता र दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।
युट्युबमा रिदम भिड च्यानल मार्फत सार्वजनिक भएको लीलु हाल सम्म ८ लाख ३३ हजार भन्दा बढी पटक हेरिएको छ । भिडियोमा २ हजार २ सय बढी प्रतिक्रिया प्राप्त भएका छन् । प्रशंसा बटुल्न सफल लीलु हेरे पश्चात् अधिकांशले आँसु थाम्न नसकेको प्रतिक्रिया दिएका छन् ।
लीलु हेरे पश्चात कतिपयले कुरीति तथा गलत मान्यताका कारण भिडियोमा जस्तै नियति महिला तथा किशोरीले कहिलेसम्म भोग्नुपर्ने भन्दै यो परम्पराप्रति आक्रोश व्यक्त गरेका छन् । लीलु पात्रमा केन्द्रित म्युजिक भिडियो लीलुमा लीलुलाई रजस्वला उमेरकी किशोरीको रुपमा प्रस्तुत गरिएको छ ।
पहिलो पटक छाउ अर्थात् रजस्वला भएकी लीलुको छाउ तथा रजस्वला बार्न गोठमा बस्नु पर्ने प्रथाकै कारण गोठमा बस्दा बलात्कृत भई मृत्यु भएको कथाले भिडियो हेर्ने सबैलाई आँसु थाम्न हम्मे पर्छ ।
पहिलो पटक रजस्वला भएकी लीलु डरै डरका बिच गोठमा सुत्न बाध्य हुन्छिन् । त्रासका बिच निदाउन गएकी लीलु बलात्कृत भएर कहिले नबिउँझिने गरि निदाउँछिन् ।
गौरव गिरी र एल.पी. शर्माले रचना गरेका शब्दमा पूजा देवकोटा,रेखा जोशी,गौरी भट्ट र रोहित देउवाले स्वर भरेका छन् ।
भिडियोमा लीलुका रुपमा पूजा देवकोटा, लीलुकी आमाको रुपमा रोशनी कार्की बुवाको रुपमा एल.पी शर्मा र दर्जीको रुपमा मुकेश सुनार र छिमेकीको रुपमा भद्र जङ्ग कुँवर र लीलुको साथीको रुपमा इव्सु सञ्ज्याँलले अभिनय गरेका छन् ।
आगामी मङ्सिरसम्म बजारमा आउने लालेमा स्वर र अभिनय कसको रहने भन्नेबारे निर्माता शर्माले खुलाएका छैनन् ।
साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका निर्माता शर्मा म्युजिक भिडियो लीलु मार्फत आफ्नो नयाँ परिचय बनाउन सफल भएका छन् ।
भिडियो :-
क्याटेगोरी : गीत संगीत, जीवन शैली, धर्म संस्कृति, मनाेरञ्जन, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस