अछामका आशिष महर भ्वाईस अफ नेपालमा, ब्लाईण्डमा घुमाए चारै कोचका कुर्सी

अछामका आशिष महर भ्वाईस अफ नेपाल सिजन ४ मा पुगेका छन् ।
जिल्लाको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर डिजिटल अडिसन पार गरेर ब्लाईण्ड अडिशन दिन काठमाण्डौँ पुगेका थिए ।
ब्लाईण्डमा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका हिमाल हिंउ पडिगयो बोलको गित गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् । उनले टिम प्रमोदलाई छनोट गरेका छन् ।
डिजिटल अडिसनमा सफल भएपछि उनलाई भेट्न भ्वाईस अफ नेपालको टिम अछामको मेल्लेख आईपुगेको थियो ।ब्लाईण्डका लागि निम्तो दिएर टिम फर्किएको थियो ।
सिजन ४ को पहिलो श्रृंखलामा चारै जना कोचका कुर्सी घुमाउने उनि पहिलो र एक मात्र सहभागी हुन् । उनको प्रस्तुती देखेर चारै जना कोच पनि प्रभावित भएका थिए । ब्लाईण्डमा सफल भएका महरले अब ब्याटलमा प्रतिष्पर्धा गर्नुपर्नेछ ।
स्टेचमा चढ्दा आफुलाई यति राम्रो माहोल बन्छ भन्ने कल्पना पनि थिएन महर भन्छन् सबै दर्शक र चारै जना कोचको मन जितेकोमा खुशी व्यक्त गरेका छन् ।
यस्तो छ महरको संर्घषको कथा ।
दुर्गम अछाम जिल्लामा सानै छदा देखि नै दुख पिडा भोगेर हुर्केका महर गितसंगितमा आफ्नो भबिष्य खोज्दैछन् । बालककै अवस्थामा आफ्ना बुवाको मृत्यु पछि महरको संर्घषको कथा झन पिडादायी बनेको थियो ।
उनका बुवाले गाँउकै मान्छेलाई आफ्नो कमाई खान दिएको जग्जा पछि फिर्ता लिन खोज्दा उनिहरले हड्प्न खोजेपछि झगडा हुदाँ उनका बुवाको मृत्यु भएको थियो । बुवासंगै महरकी आमालाई समेत उनिहरुले घाईते बनाएका थिए ।
त्यो बेलाको शारिरिक र मानसिक यातानाका कारण आफ्नी आमा प्रायजसो निराशामै देख्ने गरेको भन्दै महर भन्छन् अब आमाको मुहारमा खुशी ल्याउने प्रयत्न गर्नेछु ।
बुवाको मृत्यु पछि महरलाई उनकी आमाले नै हुर्काएकी थिईन् । सानै देखि संर्घष र पिडा बुझेका महरको यो पहिलो खुट्किलोको सफलताले आगामी दिनमा सकरात्मक भबिष्य तय गर्ने सम्भावना भने देखिएको छ । शुदुर आजबाट साभार
क्याटेगोरी : गीत संगीत, मनाेरञ्जन, मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस