छोरी बलात्कार गरेको आरोपमा नेपाल सरकारका उप-सचिव पक्राउ

नेपाल सरकारका एक जना उप-ससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।