तिज कार्यक्रममा झगडा हुदा अछाममा एक जनाको ज्यान गयो
तिज कार्यक्रममा झगडा हुदा अछाममा एक जनाको ज्यान गएको छ ।
जिल्लाको ढकारी गाउँपालिका वडा नं. २ को सुर्योदय बालविकासको प्राङ्गणमा हिजो तिजको कार्यक्रममा नाच्ने क्रममा एक आपसमा झगडा हुदा ढकारी गाउँपालिका वडा नं. २ का लोकेन्द्र बहादुर शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दिउसो ३ वजे तिज कार्यक्रममा सोही वडा निवासी कर्ण बहादुर शाहीको छोरा बर्ष ३९ को लोकेन्द्र शाही , जज्ञ शाहीको छोरा बर्ष २८ को राजेश शाही, तुला शाहीको छोरा बर्ष ३९ को कविन्द्र शाही र टेक बहादुर शाहीको छोरा बर्ष २६ को तपेन्द्र बहादुर शाही बिच एक आपसमा विवाद भई झगडा हुँदा लोकेन्द्र बहादुर शाहीको मृत्यु भएको बताईएको छ ।
कुटपिट गर्ने ब्यक्ति फरार रहेको र उनिहरुको खोजि कार्य गरि रहेको प्रहरीले जनाएको छ ।