स्वास्थ्य क्षेत्रमा लापरबाही गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्ने उपाध्यक्ष साँउदको ठोकुवा

भानु ढकाल
बान्निगढी जयगगढ गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदले स्वास्थ्य क्षेत्रमा लापरबाही गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने बताउनुभएको छ ।
गाँउपालिकाका बिभीन्न स्वास्थ्य संस्थाहरुमा लामो समयदेखी औषधी अभाब भएको कुरा बाहीरिय पछि उहाँले सो कुरा उल्लेख गनुभएको हो ।
बिगत चार महिनादेखी गाँउपालिकामा औषधी अभाब भएको कुरा आफुलाई जानकारी नै नगराईएको उहाँले बताउनुभयोे । अब तत्काल बास्तबिक कुरा के हो र दोषी को हो भन्ने बिषयमा छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने ठोकुवा समेत उहाँले गर्नुभयो ।
यति लामो समयसम्म गाँउपालिकाका बिभीन्न स्वास्थ्य संस्थाहरुमा थुप्रै प्रकारका औषधीको अभाब भएपनि आफुलाई कुनै जानकारी नै नदिनु ठुलो बैमानिपुर्ण कार्य भएको समेत उहाँले गुनासो गर्नुभयोे ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । यसअघि औषधी अभाव हुदा स्थानीयलाई सास्ती भईरहेको गुनासो आएसंगै रेडियो बान्नीगढीले यस बिषयमा जाँचबुझ गरेको थियो । जाँचबुझका क्रममा बिगत चार महिनादेखी गाँउपालिका बिभीन्न स्वास्थ्यचौकीमा औषधी अभाब भएको कुरा खुलेको थियो ।
अहिले गाँउपालिका बिभीन्न स्वास्थ्य चौकीहरुमा डाईजिन, राईनटिटिन, कुपोषित बच्चाहरुले खाने आर यु टी एफ , गर्भवति महिलाको पहिलो परिक्षण गर्दा प्रयोग गरिने पि एम टी सि टी लगाएतका महत्वपुर्ण औषधीको अभाव रहेको छ ।
औषधी अभाब हुनु पुर्व नै गाँउपालिकाको स्वास्थ्य शाखासंग पटक पटक औषधी उपलब्ध गराईदिन आग्रह गरे पनि स्वास्थ्य शाखाले कुनै वास्ता नै नगर्ने गरेको दर्ना स्वास्थ्य चौकीका ईन्चार्ज लक्ष्मी प्रसाद जोशीले बताउनुभएको छ । स्वास्थ्य चौकीमा अभाब भएको औषधीको माग गर्र्दा गाउँपालिकाको स्वास्थ्य शाखाले भने गोदाममा थन्किएको औषधी पेल्ने गरेको समेत उहाले गुनासो गर्नुभयो ।
यता कालिका स्वास्थ्यचौकीमा पनि बिगत केही महिनादेखी बिभीन्न प्रकारका औषधीको चरम अभाब रहेको कुरा खुलेको छ । स्वास्थ्यचौकी ईन्चार्ज मदन पाण्डेले बिगत केही महिनादेखी महत्वपुर्ण औषधीको चरम अभाब रहेको बताउनुभयो ।
आवाज मदन पाण्डे ……….।
यसैबिच हामीले गाँउपालिकामा औषधी अभाबका बिषयमा बान्न्गिढी जयगढ गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदसंग कुराकानि गरेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले गाँउपालिकाका बिभीन्न स्वास्थ्यचौकीमा औषधी अभाब भएको कुरा तपाईलाई कत्तिको जानकारी छ भनेर सोधेका छौँ ।
कुराकानि लोक बहादुर साँउद ……. ।
क्याटेगोरी : विशेष, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस